
पर्वत, २१ मंसिर ।
पर्वतमा शान्तिपूर्ण रूपमा मतदान भईरहेको छ ।
पर्वतका ७४ मतदान स्थल र १३९ मतदान केन्द्रमा भईरहेको मतदानमा अहिलेसम्म २६ प्रतिशत मत खसिसकेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।
मतदानमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको छ । पर्वतमा १ लाख ७ हजार ३ सय ३ मतदाता रहेका छन् ।










