दोस्रो गरिमा च्याम्पियनसिप ट्रफी क्रिकेटको उपाधि अमर आदर्शलाई

बागलुङ, १९ मंसिर
अञ्चल स्तरिय दोस्रो गरिमा च्याम्पियनसिप ट्रफि क्रिकेट प्रतियोगिता २०७४को उपाधि अमर आदर्श माध्यमिक विद्यालयले जितेको छ ।
गरिमा आवासिय मावि (डिग्नीटि कलेज) बागलुङको आयोजनामा भएको अन्तर विद्यालय स्तरीय प्रतियोगिताको फाइनल खेलमा फ्युचर ब्राईटर माध्यमिक विद्यालयलाई पराजित १८ रनअन्तरले पराजित गर्दै अमर आदर्शले उपाधि चुमेको हो ।
१२ ओभरमा खेलाईएको खेलमा पहिले व्याटिङ गर्दै अमर आदर्शले फ्युचर ब्राईटरलाई ७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफी व्याटिङ गरेको फ्युचरले ५५ रनमा सवै विकेट गुमाएपछि अमर आदर्शले उपाधि चुमेको हो ।
प्रतियोगिताको म्यान अफ दि सिरिज फ्युचरका सागर शर्मा घोषित भएका थिए ।
अमर आदर्श माविले यो उपाधि सहित यो सिजनको दोस्रो उपाधि जितेको छ । उसले केही हप्ता अगाडी बागलुङ क्रिकेट क्लबले आयोजना गरेको अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा विजेता बनेको थियो ।