
म्याग्दी, १६ मंसिर ।
रघुगंगा गाउँपालिका–४ दग्नाममा भीरबाट लडेर एक मह शिकारीको मृत्यु भएको छ । दग्नाम, गैह्रीगाउँका ४८ वर्षीय तिलु पुर्जाको भीरमह शिकार गर्ने क्रममा शुक्रबार लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
चोयाको डोरीको भर्याङ बनाई भीरमौरीको मह निकाल्ने परम्परागत विधिमा उच्च जोखिम छ। मह निकाल्ने मुख्य व्यक्तिले सुरक्षा डोरीसमेत नलगाउने र चोयाको पुराना लट्ठा प्रयोग गर्ने हुँदा दुर्घटनाको जोखिम हुने गरेको छ। रासस










