
बागलुङ, १० मंसिर
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा ६८ प्रतिशत मत खसेको छ ।
१८ हजार ७५ मतदाता रहेको काठेखोला गाउँपालिकामा १२ हजार ७ सय ३३ मत खसेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।
काठेखोला गाउँपालिका वडा नम्बर १ को पालामा १८ सय २८ मत मध्ये १३ सय ३२ मत खसेको छ । वडा नम्बर २ भीमापोखरामा २५ सय ६६ मतदाता रहेकोमा १७ सय ४४ मत खसेको छ ।
यस्तै वडा नम्बर ३ धम्जामा १८ सय ३७ मत मध्ये १२ सय ३२ मत खसेको छ । यस्तै २७ सय ६८ मतदाता रहेको वडा नम्बर ४ तंग्राममा २ हजार ७३ मत खसेको छ । यस्तै २२ सय ८१ मतदाता रहेको वडा नम्बर ५ विहुँमा १४ सय ३६ मत खसेको छभने १९५२ मतदाता रहेको वडा नम्बर ६ विहुँमा १२ सय ३३ मत खसेको छ ।
यस्तै वडा ३३३२ मतदाता रहेको वडा नम्बर ७ रेशमा २३ सय २२ मत खसेको छभने १९६५ मतदाता रहेको वडा नम्बर ८ लेखानीमा १३५९ मत खसेको छ ।










