
बागलुङ ८ मंसिर/ निसिखोला गाउपालिकाको १ नम्बर वार्डको लेवाङमा गयराती घरमै बसिरहेका माओवादी कार्यकर्ता मान बहादुर दमैलाई नेपाली काङ्ग्रेसका कार्यकर्ताले कुटापिट गर्दा घाइते भएका छ्न । स्थानीय तहको निर्वाचनमा निर्वाचित वडा सदस्य खालबहादुर घर्ती सहितको समूहले कुटपिट गरेको मान बहादुरका आफन्तले बताए । “राती घरमै थियौ, काङ्ग्रेसका कार्यकर्ता आएर एक्कासी माओवादीको झन्डा किन गाडेको, किन प्रचारमा हिडेको भन्दै कुटपिट गरेको घाइते मान बहादुरले बताए । कुटपिट बाट मान बहादुरको खुट्टा, ढाड र टाउकोमा चोट लागेको छ । घाइतेको अहिले प्राथमिक स्वास्थ केन्द्र बुर्तिवाङमा उपचार भैरहेको छ । प्रतिनिधि सभा सदस्यका साझा वाम उमेदवार देबेन्द्र पौडेलले घाइतेको स्वास्थ्य स्थिति बुझ्न् स्वास्थ्य केन्द्र पुग्नु भएको थियो ।










