बिमल खड्का
बागलुङ, ३ मंसिर
बागलुङ जिल्लाको बडिगाड गाउपालिका वडा न ५ न्वारामा दुई वटा बम जस्तो शंकास्पद बस्तु फेला परेको छ ।
वडिगाड गाउँपालिका वडा न ५ का वडा सदस्य टिका काउचाको घरको नजिकै २ ओटा गुन्द्रीको धागो र रातो टेप लगाएको बस्तु फेला परेको प्रहरि साहयक निरिक्षक मोहनदत्त शर्माले जनाकारी दिएका छन ।
शंकास्पद बस्तु कस्ले राखेको हो भन्ने पुष्टि नभएको बताइएको छ । त्यो शंकास्पद बस्तु बम भएको आशंका गरिएकाले आर्मिको टोली घटनास्थल तर्फ जाँदै छ ।










