
आज २०७४ साल मंसिर ३ गते आइतवार,
तदअनुसार नोभेम्बर १९, २०१७
तपाइको आज
मेष: प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ हुनेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा मामिलामा पनि विजयी भइनेछ ।
वृष: साझेदारी ब्यापारबाट प्रशस्त लाभ मिल्नेछ । स्थायी सम्पत्ति जोड्ने समय छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ ।
मिथुन: बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सफल पार्ने मौका मिल्नेछ । सन्तानले प्रसन्नता दिलाउनेछन ।
कर्कट: बिशेष काममा सफलता मिल्नुका साथै रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । नयाँ काममा हात हाल्ने समय छ ।
सिंह: ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । नयाँ काममा सफलता मिल्ने योग रहेको छ । प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । मेहनत गर्दा प्रशस्तै धन आर्जन हुने समय छ ।
कन्या: प्रयासहरु सकारात्मक रहनेछन । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन । बिग्रिएका सम्बन्धमा सुधार आउने सम्भावना देखिन्छ ।
तुला: व्यापार ब्यबसायबाट सामान्य लाभ मिल्नेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन ।
वृश्चिक: व्यापार व्यवसायमा फाइदा उठाउन सकिनेछ। धैर्यले काम लिने समय छ। पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ।
धनु: पपारिवारिक सम्बन्धमा सुधार आउनेछ । आमाको सहयोगले रोकिएका काममा सफलता मिल्नेछ । बिग्रिएको सम्बन्धलाई सुधार गर्न मौका छ ।
मकर: साथीभाईहरुको सहयोग मिल्नाले महत्वपूर्ण काममा सफलता मिल्नेछ । पुरानो समस्याले केही झमेला आइलाग्नेछ । दाम्पत्य जीबनमा खुसियाली छाउनेछ ।
कुम्भ: पढाई लेखाइमा प्रगति हुनेछ । प्रियजनको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ । स्वास्थ्यमा सामान्य सुधार आउनेछ ।
मीन: विगतको श्रमबाट भने लाभ हुनेछ । सामाजिक मानसम्मान मिल्नेछ । काममा हौसला र उत्साह थपिनेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।










