
बागलुङ, ३० कार्तिक
बागलुङको काठेखोला गाउँपालिका–१ पाला स्थित धिमी करिना माध्यमिक विद्यालयमा “विद्यालय सुरक्षा तथा विपद जोखिम न्यूनिकरण परियोजना “ अन्तर्गत बिद्यालय स्तरिय परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष खडक थापाले विपदबाट हुनसक्ने मानविय क्षति कम गर्न परियोजनाले सहयोग पुर्याउंने र वडा स्तरमा विपद न्युनिकरण र पुर्व तयारिमा रहन सचेत गराउन सहयोग गर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा जनसेवा बचत तथा ऋण सहकारी संस्थाका लेखा प्रमुख लक्ष्मण थापा, सरस्वती आधारभुत विद्यालयका प्रधानध्यापक बल बहादुर थापा र वाल क्लव अध्यक्ष विपिन थापाले मन्तव्य राख्नुभएको थियो ।
नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका फिल्ड सुपरभाइजर रण ब थापा र विद्यालय विपद सम्पर्क शिक्षक निरुपमा थापाले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रम प्रधानध्यापक मानबहादुर थापाको अध्यक्षता, शिक्षक देवी विकको स्वागत र देवी विकको संचालनमा सम्पन्न भएको थियो । यूरोपियन यूनियन नागरिक संरक्षण मानविय सहायताको सहयोग र प्लान इन्टरनेशनल नेपाल तथानेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन को साझेदारमी सन्चालित सो परियोजना बागलुङ जिल्लाका ४० वटा विद्यालयमा आगामी २०१८ सेप्तेम्वर सम्म सन्चालन हुने छ ।










