सोलुट गोरखा बागलुङमा तीन दिने तर्क शाला तालिम

बागलुङ, ३० कार्तिक
बागलुङमा चिल्ड्रेन लाइफ डिभेड र सोलुट गोरखाको आयोजनामा संचालित तीन दिने तर्क शाला तालिम विहीवार सम्पन्न भएको छ ।
तालिमले चिल्ड्रेन लाइफ बोर्डिङका विद्यार्थीहरुको बोल्ने कला र सीप विकास गरी अन्र्तनिहीत प्रतिभा र क्षमताको विकासका लागि तालिमको आयोजना गरिएको हो ।
चिल्ड्रेन लाईफ बोर्डिङका कक्षा ६—१० सम्मका विद्यार्थी सहभागी रहेको तालिममा ३० जना विद्यार्थीहरुको सहभागीता रहेको तालिमको व्यवस्थापन सल्युट गोर्खाले गरेको थियो । समापन समारोहमा बोल्दै नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका उपसभापति राजेन्द्र आचार्यले र धौलागिरी बहुमुखी क्याम्पसका सह–प्रध्यापक हरिप्रसाद पाण्डविद्यार्थीहरुमा भएको अन्तरनिहित प्रतिभाका प्रस्भुटनका लागि यस तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । साथै यस्ता खालका कार्यक्रममा आगामी दिनहरुमा पनि जिल्लाका ग्रामिण भेगका विद्यालयहरुमा पु¥याउनुपर्नेमा जोडदिनुभएको थियो ।


उक्त तालिममा उत्कृष्ट वक्तृत्व प्रस्तुत गर्नेमा सफल अपेक्षा पौडेल उत्कृष्ट र आफ्नो बोल्ने कलामा सुधार भएको भन्दै अनिश रेग्मीलाई पनि पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा डिएनएनका प्रतिनिधी निष्मा गौतम लगायतले विद्यार्थीको बोल्ने कला र सीप सिकाइका बारेमा यस खालको कार्यक्रम आयोजना गर्ने सोलुट गोरखा र डिएनएन लाई धन्यबाद व्यक्त गर्नुभएको कार्यक्रमको संचालन चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलका शिक्षक सुरेन्द्र शाक्यले गर्नुभएको थियो ।