
बागलुङ, ३० कात्तिक ।
भैरव माध्यामिक विद्यालय बानपा १० भकुण्डेमा विद्यालय सुरक्षा तथा विपत जोखिम व्यवस्थापन एवं न्युनिकरण परियोजना सम्बन्धि परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । नेपाल गाँजा डेभलप्मेन्ड फाउण्डेशन बागलुुङको आयोजना, नेपाल युरोपियन युनियनको आर्थिक सहयोग तथा शिक्षा मन्त्रालय, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय बागलुङ, प्लान इन्टरनेशन नेपालको सहकार्यमा कायक्रम संचालन गरिएको छ ।
कार्यक्रममा बोल्दै भैरव मावि शिक्षक अभिभावक सघका अध्यक्ष लालबहादुर थापाले विपत जोखिम न्युनिकरणका लागि विद्यालय स्तरबाट जनचेतना जगाउन आवश्यक रहेको बताउनुभयो ।
समाजिक व्यक्तित्व, स्थानीय क्लव विद्यार्थी लगायतको सहभागिता रहेको कार्यक्रममा फाउण्डेशनका फिल्ड सुपर भाईजर हरिमाया घर्ति मगरले सहजिकरण गर्नुभएको कार्यक्रमको प्लान इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत कपिल शिलवालले कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।सोही अवसमरा भैरव माध्यामिक विद्यालयमा गठित बाल क्लवका अध्यक्ष रेडिशन थापाले बोल्नुभएको थियो । कार्यक्रममा विद्यालय प्रधानध्यापक किसान प्रसाद साकोटाको अध्यक्षता, भैरव माविका शिक्षक सुनिल शर्माको स्वागत र शिक्षक दिलकुमारी थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
विद्यालय सुरक्षा तथा विपत जोखिम व्यवस्थापन एवं न्युनिकरण परियोजना सम्बन्धि परिचयात्मक कार्यक्रम धौलागिरी बहिरा आवसिय विद्यालय, चौतारी डाडा मावि बानपा १० भुकण्डेमा सम्पन्न भएको बताइएको छ । कार्यक्रम बागलुङ नगरपालिका र काठेखोला गाउपालिका अन्तरगतका ४० वटा विद्यालयमा उक्त कार्यक्रम संचालित छन ।










