
बागलुङ, २८ कार्तिक
चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुल बागलुङको आयोजनामा संचालित अन्तर स्कुल स्तरिय चिल्ड्रेन लाईफ फुटबल कपको उपाधिको लागि आयोजक र सिदार्थ शिक्षा सदन भिड्ने भएका छन् ।
मंगलबार भएको पहिलो सेमिफाईनलामा चिल्ड्रन लाइफ निलोले अमर आदर्श आवसिय माविलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै फाईन यात्रा तयार गरेको हो ।
पुरा खेलअवधिभर हावि भएको चिल्डेनको जितमा स्ट्राईकर राजिव श्रीसले ह्याट्रिक गरेका थिए । उनले खेलको ३१, ३६ र ४७ मिनेटमा गोल गरेको थिए । श्रीसले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरीरहेका छन् । चिल्ड्रेनको लागि अजय पुनले १५ र १९ मिनेटमा २ गोल र खेलको अन्तिम समयमा लोकेन्द्र पुनले एक गोल गर्दै टिमलाई फाईनलमा पु¥याएका थिए ।
मंगलबार नै भएको दोस्रो सेमिफाईनल खेलमा सिद्धार्थले युएस एकेडेमिलाई १–० गोलले पराजित गर्दै फाईनलको यात्रा तयार गरेको हो । सिद्धार्थको जितमा क्याप्टेन युगेश थापाले खेलको ३ मिनेटमै उत्कृष्ट गोल गर्दै जित सुनिश्चत गरेका थिए । उत्कृष्ट गोल मार्फत आफ्नो टिमलाई फाईनल पु¥याउन सफल क्याप्टेन थापा दोहोरो पहिलो कार्ड खाँदै मैदानबाट बहिरिएका थिए ।
सिद्धार्थको लागि क्याप्टेन थापा माथिको दोहोरो पहेलो कार्ड फाइनलमा निकै महङ्गो सावित हुन सक्ने देखिएको छ । फुटबल खेलको नियम अनुसार रातो कार्ड पाउने खेलाडीले एक खेल गुमाउने छन् । सोही विमोजिम युगेसले पनि फाईनल खेल गुमाएका छन् ।
आयोजकलाई विजय गराउने मनसायका साथ रेफ्रिले रेड कार्ड दिएको भन्दै सिद्धार्थका खेलाडीले खेलसमयमै असन्तुष्टि जाहेर गरेका थिए । फाईनल खेल भोली दिउँसो दुई बजे हुने बताइएको छ ।
प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः २५ हजार र १५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सेमिफाइनलबाट बाहिरिने टिमले ५ हजार नगद प्राप्त गर्ने आयोजकले खबरवे अनलाईनलाई जनाएको छ ।










