गाउँमा धाकधम्की दिएको आरोपमा बागलुङमा विप्लव कार्यकर्ता पक्राउ

बागलुङ, २८ कार्तिक
गाउँमा धाकधम्की दिएको आरोपमा पक्राउ परेका काठेखोला गाउँपालिका–६ विहुँका राजु विकलाई प्रहरी थप अनुसन्धानको लागि सात दिनमा म्याद थप गरेको छ ।
जिल्ला अदातल बागलुङबाट मंगलबार म्याद थप गरी थप अनुसन्धान सुरु गरेको प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङले जानकारी दिनुभयो । प्रहरीले विक विरुद्ध सार्वजनिक मुद्दा चलाउने तयारी गरेको छ ।
विकलाई सोमबार पक्राउ गरिएको थियो । पार्टीमा आस्था राखेर समर्थन जनाएका आधारमा आफ्ना कार्यकर्तालाई आतंकित बनाउने कार्य भएको भन्दै पक्राउ गरिएको पार्टी समर्थक जिएमलाई तत्काल रिहा गर्न आग्रह गरिएको नेपाल कम्युनिष्ट पार्टीका नेता बाबुलाल शाक्यले जानकारी दिनुभयो ।
आसन्न प्रतिनिधि तथा प्रदेश सभाको चुनाव बिरोधि गतिबिधिमा सक्रिय भएको आरोपमा पक्राउ गरिएको हो भन्ने प्रश्नमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक चन्द्रकुबेर खापुङले पार्टी समर्थक भएको बिषय नभई स्थानीय स्तरमा धाकधम्कीमा सम्लग्न भएको गुनासोका आधारमा पक्राउ गरिएको बताउनुभयो । पक्राउ गरिएका जिएमका बारेमा सोध पुछ भइरहेको उहाँले बताउनुभयो ।