
बागलुङ, २४ कार्तिक
जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रबार ७० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
बागलुङ नगरपालिका ९ तित्याङदेखि बागलुङ बजारमा ल्याउँदै गरेको घरेलु मदिरा नगर प्रहरी कार्यालय बागलुङको गस्तीमा खटिएको टोलीले बरामद गरेको नगर प्रहरी प्रमुख तथा प्रनानी उज्जवल पौडेलले बताउनुभयो ।
बजारमा बेच्न ल्याउँदै गरेको मदिरा नगर प्रहरी कार्यालयको गस्तीमा खटिएको टोलीले बरामत गरी प्रहरी र पत्रकारहरुको टिमले नष्ट गरेको थियो । अवैध घरेलु मदिरा नियन्त्रण प्रहरीले
बनाउन जिल्ला प्रहरी कार्यालय बागलुङले बजार तथा गाउँ गाउँमा घरेलु मदिरा नियन्त्रणको लागि सक्रियताका साथ लागि रहको छ ।










