
आज २०७४ साल कार्तिक २४ गते शुक्रवार,
तदअनुसार नोभेम्बर १०, २०१७
तपाइको आज
मेष: धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । सानातिना चोटपटक लाग्ने सम्भावना देखिन्छ ।
वृष: फाइदाका लागि सहयोगी जुटाउने प्रयत्न गर्नुहोला । सोचेको आटेको काममा सफलता मिल्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ ।
मिथुन: सोचे भन्दा आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ ।
कर्कट: व्यापार लगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । शत्रुहरु पराजित हुनेछन । चुनौती चिर्दै कामहरु सफल हुनेछन ।
सिंह: मेहनत र लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन । पढाई लेखाइमा प्रगति हुनेछ ।
कन्या: सन्तान वा सहयोगीका माध्यमबाट लाभ मिल्नेछ । महत्वाकांक्षी योजना सार्वजनिक गर्न केही समय पर्खनुहोला । लामो यात्रा हुन सक्छ ।
तुला: बिश्वास गरेकाले साथ दिनेछन । चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।
वृश्चिक: सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
धनु: रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । मेहनत गरे धेरै काममा सफलता मिल्नेछ । शत्रुहरू किनारा लाग्नेछन । प्रतिस्पर्धामा पनि विजयी भइनेछ ।
मकर: आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ । सन्तान सुख मिल्नेछ । मन खुसि रहनेछ ।
कुम्भ: पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । स्वास्थ्यमा सामान्य समस्या देखिनेछ । व्यावसायिक काम अवरुद्ध बन्न सक्छ ।
मीन: सहि समयमा सहि निर्णय लिन सक्ने क्षमताले नयाँ काम हात पर्नेछ । मान्यजनको सुझाव मनमा लिंदा काममा लाभ मिल्नेछ ।










