
बागलुङ, २३ कार्तिक
आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने मतदाता शिक्षा सामग्री तथा निर्वाचनका सामाग्रिहरु सोमबारमात्र बागलुङ आईपुगेको छ ।
हाल निर्वाचन कार्यालय बागलुङमा ७० प्रतिशत निर्वाचनका सामाग्रि र मतदाता शिक्षाका सवै सामाग्रि आईसकेको कार्यालयले जनाएको छ ।
मतदान गर्ने समय नजिकीदै गर्दा सामाग्रि बागलुङ आएपछि अहिले सामाग्रिहरु मिलाएर राख्ने काम भईरहेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी श्याम कुमार थापाका अनुसार मतदाता शिक्षामा प्रयोग हुने सवै सामाग्री आईपुगेकाले २५ गतेदेखि मतदाता शिक्षा अभियान सुरु हुने जानकारी दिनुभयो । थापाका अनुसार तत्कालका मतदाता शिक्षाको लागि १ सय ९९ जनालाई खटाईने जनाउनुभयो ।
जिल्लामा आएको मतदाता सामाग्रिहरुलाई अहिले जिल्ला निर्वाचन कार्यालयका कर्मचारीहरुले मिलाउने काम भईरहेको छ । १ सय ३ वटा मतदान स्थल रहेको बागलुङमा १ सय ९९ मतदान केन्द्र रहने निर्वाचन कार्यालयले जनाएको छ ।
४ नगरपालिका र ६ गाउँपालिका सहित १० स्थानीय तह रहेको बागलुङमा १ लाख ६७ हजार २ सय ८२ जना रहेका छन् । बागलुङमा प्रतिनिधिसभाको लागि २ निर्वाचन क्षेत्र र प्रदेशसभाको ४ निर्वाचन क्षेत्र रहेका छन् ।










