आज २०७४ कार्तिक २२ गते बुधवारको राशिफल

आज २०७४ साल कार्तिक २२ गते बुधवार,
तदअनुसार नोभेम्बर ८, २०१७
तपाइको आज
मेष: सामाजिक मानसम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन ।
वृष: अध्ययन अध्यापनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।
मिथुन: विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । कामबाट पनि फुर्सद मिल्नेछ । सानोतिनो चोटपटक लाग्न सक्छ ।
कर्कट: वैदेशिक क्षेत्रबाट लाभ उठाउन सकिनेछ । समयमा होस नपुग्नाले केही चुनौती भने आइलाग्न सक्छन । रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुन सक्छ ।
सिंह: सोचेको आटेको काममा सफलता मिल्नेछ । प्राबिधिक क्षेत्रमा प्रगति हुनेछ । आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुन सक्छ ।
कन्या: दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । प्रयासहरु सकारात्मक रहनेछन । ठुला व्यक्तिसंग भेटघाट हुनेछ ।
तुला: सहयोगीहरूले काममा साथ दिनेछन । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सुचारु हुनेछन ।
वृश्चिक: प्रतिष्ठित काम गर्ने मौका छ । सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । काम गर्ने हौसला र आत्मविश्वास बढ्नेछ ।
धनु: व्यावसायिक काममा लगानी बढाउने समय छ । खर्चको मात्रा बढे पनि देश विदेश भ्रमण गर्ने अवसर जुट्न सक्छ । मन प्रसन्न रहनेछ ।
मकर: अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । प्रयत्न गर्दा सामान्य फाइदा भने हुनेछ । पारिवारिक सम्बन्धमा भने सुधार आउनेछ ।
कुम्भ: प्रतिष्ठित काम गर्ने मौका छ । मातापिताको सहयोग प्राप्त हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
मीन: व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुनेछ । महत्वपूर्ण काम गर्ने समय छ । अवसरले उत्साह जगाउनेछ । सुखदुखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछ ।