नगरपालिकाका जनप्रतिनिधिका लागि २ दिने कार्याशाला गोष्ठी सकियो

बिक्रम सुनार
बागलुङ, २१ कात्तिक ।
लैङिगक उत्तरदायित्व दिगो विकास कार्यान्वयनका लागि जनप्रतिनिधिहरुका लागि २ दिने कार्याशाला गोष्ठी बागलुङमा सम्पन्न भएको छ । बियोण्ड बेइजिङ कमिटि नेपाल र भिएसओ आर्थिक सहयोग तथा भीमापोखरा युवा क्लब (बिवाइसी) बागलुङको संयोजनमा गोष्ठी सम्पन्न भएको हो ।
समापन समारोहमा बोल्दै बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले दिगो विकासको कार्यान्वयनको लागि अन्तराष्ट्रिय स्तरबाट नै सवै देश लागि रहेकाले आफुहरुले पनि पूर्ण रुपमा कार्यान्वय गर्ने बताउनुभएको थियो । उहाँले आफ्नो नगरपालिका भित्र रहेको गरिवी, भोकमरीको अन्त्यको लागि सधैं लागि रहने बताउनुभएको थियो ।


सोही अवसरमा बियोण्ड बेइजिङ कमिटि नेपालकी अध्यक्ष शान्ता लक्ष्मी श्रेष्ठ, भिएसओ नेपालकी कार्यक्रम अधिकृत अविना अधिकारी, बागलुङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जीवन शर्मा र वडा नम्बर ९ की महिला सदस्य गंगा केसी लगायतले बोल्नुभएको थियो ।
बागलुङ नगरपालिकाका जनप्रतिनिधिहरु विचमा गरिएको गोष्ठीमा बियोण्ड बेइजिङ कमिटि नेपालकी अध्यक्ष शान्ता लक्ष्मी श्रेष्ठ, महासचिव कृष्णकुमारी वाइबा र साही संस्थाकी कार्यक्रम व्यवस्थापक रक्षा पौडेल प्रशिक्षण गुर्नभएको बिवाइसी बागलुङका कार्यवहाक अध्यक्ष मणिभद्र शर्माले जानकारी दिनुभयो ।
नेपालका हरेक तह र क्षेत्रमा महिला तथा पुरुषका नेतृत्वलाई २०३० सम्म समान सहभागितालाई बनाउने उदेश्य सहित देशमा विभिन्न क्षेत्रमा यस्तो कार्यक्रम गर्दै आएको संस्थाले जनाएको छ ।
कार्यक्रम बिवाइसी बागलुङका कार्यवहाक अध्यक्ष मणिभद्र शर्माको अध्यक्षता र बियोण्ड बेइजिङ कमिटि नेपालकी महासचिव कृष्णकुमारी वाइबाको संचालनमा सम्पन्न भएको थियो ।