बिक्रम सुनार
बागलुङ, २१ काक्तिक ।
नेपाली संगित बजारमा विभिन्न खालका गीतहरु कलाकारले ल्याउन थालेका छन । गीत भनेपछि केही न केही भाव बोकेर बजारमा आउने गरेका छन ।
केही माया प्रेम, केही कला, सस्कृति तथा ठाउ विशेषहता रहेको । जस अनुसार नेपाली कला क्षेत्रमा पछिल्लो समयमा ठाउ विशेष भनौँ विभिन्न पर्यटकीय गन्तव्य तथा महत्व बाकेका स्थानहरु र धार्मिक स्थानहरुको त झनै आउन थालेका छन । चाहे सालैजो होस्, चाहे दोहोरी, पञ्चेवाजा यी यावत माध्याम ।
त्यस्तै गलकोट कलाकार उत्पादनको क्षेत्रमा छुट्टै पहिचान भएको बागलुङको गलकोटका रेशम सुनारको पहिलो सांगेतिक कोशेली घुम्टे धुरी अल्को बोलको पञ्चेबाजा बजार ल्याउनुभएको छ । सानै उमेर देखि नै लोक गीत संगितमा रुचि राख्ने सुनारले पर्यटकीय क्षेत्रमा बलियो सम्भावना बोकेको घुम्टे र समग्र गलकोटको पहिचान झल्कने गरि आफ्नो पहिलो सागितिक कोशेली स्वरुप उक्त गीत बजारमा ल्याएको खवर वेलाई जानकारी दिनुभयो । गायक सुनार गलकोट नगरपालिका २ मा जन्मभई विगत ८ वर्षदेखि जापानलाई कर्मथलो बनाउनुभएको छ ।
पछिल्लो समयमा निकै चर्चित बहुप्रतिभाशाली कलकार एवं मोडेल प्रकाश सपुतको उत्कृष्ट लय तथा शव्द सृजनामा रहेको उक्त गीतमा गायक रेशम सुनार र गायिका जुना श्रीस मगरको सुमधुर आवाज रहेको छ ।
दिपेन्द्र तिमिल्सिनाको निर्देशन,नवराज उप्रेतीको छाँयाङकन र पवन सिंखडाको सम्पादनमा तयार पारिएको म्युजिक भिडियोको मुख्य अभिनयमा प्रकाश सपुत र अञ्जली अधिकारी मुख्य अभिनयमा देखिनुभएको छ ।
खवर वे संगको कुराकानीमा गायक रशेम सुनारले आफु सानैदेखि नै गीत संगित क्षेत्रमा अत्याधिक रुचि भएको बताउदै अव संगित क्षेत्रमा निरन्तर लाग्ने बताउनुभयो । साथै आफ्नो पहिलो एल्वम भएकाले एक पटक सुनेर, हेरेर सुझाव, सल्लाह र प्रतिक्रिया दिनको लागि अनुरोध समेत गर्नुभएको छ ।
भिडियो











