आज २०७४ कार्तिक २१ गते मंगलवारको राशिफिल

आज २०७४ साल कार्तिक २१ गते मंगलवार,
तदअनुसार नोभेम्बर ७, २०१७
तपाइको आज
मेष: प्रयाश गर्दा केही काम बन्नेछन । सहयोगीहरूले साथ दिनेछन र आंशिक सफलता मिल्नेछ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।
वृष: आयआर्जन पनि राम्रै हुनेछ । सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ ।
मिथुन: रमाइलो यात्राको समेत मौका छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । काम बिग्रने डरले सताइरहनेछ ।
कर्कट: सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ । भौतिक साधन जुट्नेछन र दिगो फाइदा हुने काम सुरु हुन सक्छ ।
सिंह: नजिकका साथीभाइ टाढिन सक्छन । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ ।
कन्या: विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।
तुला: धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन । सहयोगीहरूको मद्दतले केही काम बन्नेछन ।
वृश्चिक: परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
धनु: परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।
मकर: गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धाले महत्वपूर्ण काम गर्ने हिम्मत पलाउनेछ ।
कुम्भ: परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । व्यपार ब्यबसायबाट प्रशस्त धन आर्जन हुने समय छ । स्वास्थ्यमा भने केहि समस्या देखिनेछ ।a
मीन: उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कामको उचित प्रतिफल पाइनेछ ।