खगेन्द्र विश्वकर्मा
बागलुङ,२० कात्तिक ।
आसन्न निर्वाचनमा माओवादीले सामना सांस्कृतिक परिवारकी प्रतिभासाली कलाकार दिलमाया रोका गौतम दिपालाई समानुपातिकबाट प्रदेश नम्बर ४ मा दलित महिलाको १ नम्बर सुचिबाट टिकट पाएकी छिन् । उनको जन्म ताराखोला गाँउपालिका वडा न २ अर्गलमा २०४१ सालमा भएको हो । दिपाले २०५७ सालमा चुनवाङ बैठक रुकुममा आफ्नी टुहुरी दुधे बालकलाई बोकेर प्रचण्ड, बाबुराम किरण बादल लगाएतका केन्द्रीय नेता तथा कार्यकर्तालाई जनकलाकार खुसीराम पाख्रीनको शव्द संगीतमा रहेको गीतमा प्रत्यक्ष कार्यक्रममा अभिनय गरेकी थिईन् । त्यसबेला प्रचण्ड बाबुराम बादल लगाएत सबै कार्यकर्ताको आँखामा आँसुत वर्षिय प्रचण्ड त झनै भक्कानीएर रोए । यो भावनाले ओटप्रोत भएको गीतमा दिलमाया रोका दिपाको अभिनय मात्र नभएर वास्तविक जिवन थियो ।
माओवादी संगठनमा नै जनमुक्ति सेना चित्रबहादुर घर्ती संग प्रेम विवाह गरेकी उनले जीवन संगीको मिठा सपना र आशा रहदै आफ्नो श्रीमान जनमुक्ति सेना लडाईमा गुमाएकी विदुवा त थिइन् नै । झनै उनलाई कलिलो उनको बच्चाले श्रीमानको ताजकी बनेर पिडाको सिँयो बनेर घाँेचिरहन्थ्यो ।
यस गीतमा यस्ता शव्दले भरिएको छ ।
जित्नै पर्छ यो अन्तीम लडाईमा तिमीले लडेर
तिमी फुट्डा मनहरु टुक्रिन्छन् ।
जुट्यौ रे भन्दा मनहरु फक्रिन्छन् ।
देख्न चाहान्छन सबै एक भएको
विजयको भण्डा उठेको
चुहिएका छानोहरु टुहरा यी सन्तानहरु
बसेको छन् नयाँ दिन पर्खिएर यस्तै यस्तै……….
शव्द संगीत खुसीराम पाख्रीन, स्वर प्रेमकुमारी रामदाम ‘सुर्य’
भिडियो
अन्तत उनको जीवन माओवादी आन्दोलनमै बित्यो । सामाना साँस्कृतिक समुहमा रहेर नेपालका पुर्व पश्छिम र भारतको विभिन्न प्रदेशमा साँस्कृतिक कार्यक्रम गरेर पार्टीलाई आवद्ध गराउनुको साथै गीत संगीतबाट जनवादी भावना सम्प्रेषणमा भुमिका खेल्दै गईन् । अन्तत एकल जिवन बिताउन कसले सक्छ र ? उनले पनी त्यही बाटो रोजीन । २०६४ सालमा पुन सामाना साँस्कृतिक परिवारका कलाकार जनवादी गायक, संगीतकार , रचनाकार हाल गलकोट नगरपालीका मल्मका कर्ण परियार विद्रोही संग विबाह गरिन् ।
पार्टी शान्तिकालमा आए पछि जीवनका विभिन्न आरोह अवरोह झेलेर पार्टीमा आवद्ध भईरहिन् । २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा बाग्लुङको जिल्ला पार्टीकाको निर्णय र सिफारिस अनुसार आशन्न निर्वाचनमा दलित महिलाबाट प्रदेश नम्बर ४ को माओवादी पार्टीकी समानुपातिक उम्मेवारको टिकट पाएकी छिन् । म विजयी भई पहिलो कार्य बेपत्ता शहिद परिवार र टुहुरा बालबालिकाको हकहितको लागी आफु लागी पर्ने प्रतिवद्धता छु उनले भनिन । नेपाललाई १० वर्ष जनयुद्धदेखि यहाँ सम्म ल्याउनमा जिवनको बलिदानदिने शहिदहरुको उच्च मुल्याङकन् शहिद बेपत्ता परिवारको हेरविचार मुख्य ध्यय हो । मलाई प्रदेश सांसद बनाउनका समानुपातिक तर्फको गोलाकार भित्रको हँसिया हथौडामा मतदान गर्न अनुरोध समेत गरेकी छिन ।











