
बिक्रम सुनार
बागलुङ, १९ कात्तिक ।
गलकोटे कलाकार रामु खत्रिको पहिलो सांगेतिक कोशेली निलुवाको चिसो हावा बोलको पञ्चेवाजा बजार आएको छ । गलकोट नगरपालिका ४ मा जन्मनुभएका खत्रिले आफ्नो सांगेतिक क्षेत्रलाई अगाडि बढाउनेक्रममा उक्त पञ्चेवाजा बजारमा ल्याउनुभएको हो । ओमकार सुवेदीको शव्द सृजनामा रामु खत्रि र पछिल्लो समयकी चर्चित लोक तथा दोहोरी गायिका सीता केसिको सुमधुर आवाज रहेको छ । गीतमा गलकोटको पर्यटकीय स्थलको निलुवाको वारेमा वर्णन गरिएको छ भने म्युजिक भिडियोमा सोही स्थलका रमणिय दृश्यको छायाङकन गरिएको छ ।
सानै उमेरदेखि नै गीत गाउन रुचि राख्ने खत्रिले करिव ७ वर्ष जापानकोे बसाई पछि उक्त पञ्चेबाजा बजार ल्याउनुभएको हो । खवर वे संगको कुराकानीमा खत्रिले पछिल्लो समयमा नेपली गीत सगितमा विभिन्न विकृतिहरु भित्रिएका छन तर मैले आफ्नै गाउ ठाउँको विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर गीत बजारमा ल्याएको हुँ उहाँले भन्नुभयो ।
स्थानीय कला संस्कृति, पर्यटन महत्व बोकेका क्षेत्रलाई हामी जस्ता कलाकारले गीत मार्फत प्रचारप्रसार गर्न सक्नु पर्छ भन्ने उहाको भनाई छ । म जापानमा वसेपनि नेपाली लोक गीतको संरक्षण तथा प्रवद्धनमा लाग्ने छु खत्रिले भन्नुभयो । साथै थप कुराकानी गर्दै खत्रिले आफ्नो पहिलो सांगेतिक यात्रा भएकाले पनि एक पटक गीत सुनेर, म्युजिक भिडियो हेरेर सुझाव सल्लाह दिनको लागि अनुरोध गर्नुभएको छ । साथै अरु नयाँ गीतहरु पनि बजारमा ल्याउने तयारी भएको खत्रिले खवर वे लाई जानकारी दिनुभयो ।
हमाल म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको उक्त गीतको म्युजिक भिडियोमा सुजन केसी र सारिका केसि मुख्य अभिनयमा देखिनुभएको छ । त्यस्तै कुमार केसीको निर्देशन, अजय रेग्मीको छायाँङकन, प्रविन भटट्को सम्पादन तथा मञ्जुश्री फिल्मस्को दृश्य निर्माण रहेको छ । भिडियो हेर्नका लागि










