काँग्रेसको चुनावीसभा राङखानीमा

बागलुङ, १६ कार्तिक
नेपाली काँग्रेस क्षेत्र नं १ को चुनावी अभियान जैमिनी नगरपालिका—१० राङखानीमा सम्पन्न भएको छ ।
सो चुनावी सभामा बोल्दै क्षेत्र नं १ (ख)का प्रतिनिधी सदस्य उम्मेद्वार एवं सहकारी तथा गरिवी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले स्थानीय जनताहरुले विकास चाहने र झण्डाफोरको राजनीतिलाई समाप्त पार्ने भएकाले विकास चाहने पार्टी नेपाली काँग्रेसलाई रुख चिह्नमा मतदान गर्न आग्रह गरिन् । संविद्यान निर्माण काग्रेसकै नेतृत्वमा भएको त्यस्को कार्यान्वय पनि काँग्रसले नै गर्ने भन्दै राज्यमन्त्री खड्काले जनतको सुख दुखमा साथ दिने पार्टी भएकाले रुख चिह्नमा मतदान गर्न आग्रह गरिन् ।
त्यस्तै क्षेत्र नं १ (२)का प्रदेश सभा उम्मेद्वार प्रकास शर्मा पौडेलले काग्रेसले विकास र निकास चाहने भएकाले समृद्ध नगरपालिका निर्माणमा अगाडी बढ्ने बताए । सो अवसरमा जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल,नेपाली काग्रेस क्षेत्रीय सभापति नारायण शर्मा पौडेल, नेविसंघ केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी, नेविसंघका सहमहामन्त्री हरिहर शर्मा, नेपाली काग्रेस जिल्ला सदस्य पदम पुन,नेपाली काग्रेस महासमिति सदस्य तथा युवा नेता भिम श्रीस, महाधिवेशन प्रतिनिधी गणेश सापकोटा, लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम नेपाली काग्रेस जैमिनी १० का वडा अध्यक्ष कर्णबहादुर श्रीसको अध्यक्षता तरुण दल क्षेत्रीय अध्यक्ष दलबहादुर श्रीसको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।