
बागलुङ, १६ कात्तिक
समृद्ध नेपाल निर्माणका लागि स्थीर सरकार निर्माण गर्ने अभियानका साथ गठबन्धन गरेर निर्वाचनमा होमिएका बामपन्थी दलहरुले निर्वाचन परिचालन अभियानलाई तिब्रता दिएका छन् ।
देशभर मुख्य दुई बामपन्थी र बागलुङमा छुट्टै पहिचान बनाएको राष्ट्रिय जनमोर्चा सहित तीन दलबीचको गठबन्धनले बागलुङका २ प्रतिनिधिसभा र ४ प्रदेशसभामा विजयी बन्ने लक्ष्यका साथ निर्वाचन परिचालनको अभियान थालेका छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले बागलुङका ६ वटा निर्वाचन क्षेत्र मध्ये २÷२ वटामा उमेदवार दिएका छन् । सबै उमेदवारलाई विजयी बनाउनका लागि नेता कार्यकर्ता, समर्थक सुभेच्छुकहरुलाई निर्वाचनमा केन्द्रीत गराउन जिल्ला व्यापी अभियान थालिएको उनीहरुले बताएका छन् ।
प्रतिनिधिसभाका लागि २ वटा क्षेत्रीय निर्वाचन परिचालन कमिटि, प्रदेशसभाका लागि ४ वटा निर्वाचन परिचालन कमिटि गठन गरी प्रचार अभियानमा लागेका बामपन्थीहरुले बागलुङका ८५ वटै वडामा संयुक्त निर्वाचन परिचालन कमिटि गठन गर्दैछन् । कतिपयमा निर्वाचन परिचालन कमिटि बनि सकेको र कतिपय वडामा निर्वाचन परिचालन कमिटि बन्ने क्रममा रहेको जिल्ला स्तरीय संयुक्त निर्वाचन परिचालन कमिटिका सदस्य तथा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य मना केसीले जानकारी दिनुभयो ।
निर्वाचन परिचालनका लागि वडा तहमा विभिन्न उपसमितिहरु समेत गठन गरिएका छन् । जेष्ठ नागरिक, युवा, महिला, दलित, जनजाती, भूतपूर्व सैनिक परिचालनका लागि समेत समिति गठन गरिएको बाम गठबन्धनका नेताहरुले बताएका छन् ।
वडा वडामा संयुक्त निर्वाचन परिचालन कमिटि गठन भएर प्रचार अभियान थालेपछि आम जनता समेत निर्वाचन केन्द्रीत हुन थालेका छन् । गाउँमा कामको असाध्यै चटारो छ, तर पनि दलहरुका कार्यक्रममा जनताको सहभागिता उल्लेख्य हुने गरेको अभियानमा सहभागीहरु बताउछन् ।
निर्वाचनमा बामपन्थीहरुलाई विजयी गराउनका लागि बागलुङमा जेष्ठ नागरिकहरुको सक्रियता बढ्न थालेको छ । नेकपा एमालेको नेतृत्वमा बनेको सरकारले जेष्ठ नागरिकलाई सम्मान गरेको भन्दै गाउँ गाउँका जेष्ठ नागरिकहरु एमाले नेतृत्वको बामगठबन्धनलाई जिताउन सक्रिय हुन थालेका हुन ।
पूर्व जनप्रतिनिधिहरु अहिले जेष्ठ नागरिकका रुपमा रहेका र उनीहरुले जनताको सेवामा गरेको कामलाई आधार बनाएर जेष्ठ नागरिक परिचालन गर्ने अभियान थालिएको जनाइएको छ ।
जेष्ठ नागरिकहरु स्वत स्फूर्त रुपमा निर्वाचन परिचालन अभियानमा सहभागी भएका छन् । पहिलो चरणमा जेष्ठ नागरिक परिचालन कमिटिको सोंच थिएन, पछि जेष्ठ नागरिकहरु स्वयं सक्रिय भएर हामी पनि बामपन्थी गठबन्धनमा सहभागी हुन्छौ भनेपछि जेष्ठ नागरिक परिचालन कमिटि बनाउन थालिएको बामपन्थी गठबन्धनका नेताहरुले बताएका छन् ।
यसैबीच बागलुङ क्षेत्र नं. १, (क) अन्तरगत काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा बुधवार निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । नेकपा एमालेका वडा अध्यक्ष कृष्णबहादुर कार्कीको संयोजकत्वमा गठन भएको ३ सय ३३ सदस्यीय निर्वाचन परिचालन कमिटिको सहसंयोजकमा नेकपा माओवादी केन्द्रका लिलाराम सुनार र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर कार्की रहनु भएको छ । परिचालन कमिटिका सचिवमा एमाले रेशका सचिव भूमिराज गौतम रहनु भएको छ । संयोजक, सहसंयोजकहरु, सचिव सहित सचिवालयमा पवित्रा थापा, उमालाल शर्मा, ढकबहादुर थापा लोकबहादुर थापा, कृष्ण थापा, भक्तबहादुर थापा र जंगबहादुर थापा रहनु भएको छ ।
यस्तै भेलाले शारदा थापाको संयोजकत्वमा ५५ सदस्यीय महिला परिचालन कमिटि, डिलबहादुर कार्की (पूर्व नेपाली सेना) को संयोजकत्वमा ५१ सदस्यीय युवा विद्यार्थी परिचालन कमिटि, जनक बहादुर वि.क. (जुने) को संयोजकत्वमा २५ सदस्यीय दलित सञ्जाल परिचालन कमिटि, अमरबहादुर गुरुङको संयोजकत्वमा ५१ सदस्यीय भू.पू. सैनिक परिचालन कमिटि, कविराज थापाको ंसंयोजकत्वमा ९ सदस्यीय जेष्ठ नागरिक परिचालक कमिटि, डिलबहादुर कार्कीको संयोजकत्वमा शिक्षक कर्मचारी परिचालक कमिटि, गणेशबहादुर थापाको संयोजकत्वमा २५ सदस्ययीय जनजाती परिचालन कमिटि गठन भएको छ ।
भेलामा बाम गठबन्धन निर्वाचन परिचालन क्षेत्र नंं. १ का संयोजक रामजीप्रसाद शर्माले देशको समृद्धी र सामाजिक रुपान्तरणका लागि बामपन्थी गठबन्धनका उमेदवारलाई विजयी बनाउन सबै नेता कार्यकर्ता र समर्थक सुभेच्छुकहरुलाई सक्रियताका लाग्न आव्हान गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सहकारी विभागका सदस्य रामबहादुर जिसी, जिल्ला सचिवालय सदस्य डिल्लीराज गौतम र अञ्जु जिसी, जिल्ला सदस्य अमरबहादुर थापा र प्र्रेम लामिछाने, नेकपा माओवादीका जिल्ला सदस्य टिकाबहादुर थापा, नेकपा एमाले प्रदेश निर्वाचन कमिटिका सदस्य कुलबहादुर विक लगायतले बामपन्थी एकताबाट मात्रै देशले स्थीर र परिवर्तनशिल सरकार पाउने भएकाले देशको निकासका लागि बामपन्थी गठबन्धनको आवश्यतामा जोड दिनु भएको थियो ।
कार्यक्रम एमाले रेशका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, प्रदेश विभागका सदस्य भीमबहादुर थापाको स्वागत र नेकपा माओवादी केन्द्रका पवित्रा थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैगरी बिहीवार नै काठेखोला गाउँपालिका वडा नं. ८ लेखानीमा पनि बामगठबन्धनको भेला सम्पन्न भएको छ । भेलाले एमाले काठेखोला गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष बेलबहादुर जिसीको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटि, धनमाया वि.क.को संयोजकत्वमा २१ सदस्यीय महिला परिचालन कमिटि, कमल बस्यालको संयोजकत्वमा ११ सदस्यीय युवा तथा विद्यार्थी परिचालन कमिटि, खिमबहादुर थापा गैरेको संयोजकत्वमा १५ सदस्यीय दलित सञ्जाल परिचालन कमिटि, खड्कसिंह घर्तिको ंसंयोजकत्वमा ११ सदस्यीय जेष्ठ नागरिक परिचालक कमिटि, झकबहादुर सुनारको संयोजकत्वमा ५ सदस्यीय शिक्षक कर्मचारी परिचालक कमिटि गठन भएको छ ।
भेलामा बाम गठबन्धन निर्वाचन परिचालन क्षेत्र नंं. १ का संयोजक रामजीप्रसाद शर्मा, नेकपा एमाले केन्द्रीय सहकारी विभागका सदस्य रामबहादुर जिसी, जिल्ला सचिवालय सदस्य अञ्जु जिसी, जिल्ला सदस्य अमरबहादुर थापा, नेकपा माओवादीका जिल्ला सदस्य टिकाबहादुर थापा, नेकपा एमाले प्रदेश निर्वाचन कमिटिका सदस्य कुलबहादुर विक, एमाले क्षेत्रीय सदस्य सुवास गौतम, वडा अध्यक्ष चित्रकला छन्त्याल श्रीस लगायतले बामपन्थी एकताबाट मात्रै देशले स्थीर र परिवर्तनशिल सरकार पाउने भएकाले देशको निकासका लागि बामपन्थी गठबन्धनको आवश्यतामा जोड दिनु भएको थियो ।
कार्यक्रम एमाले लेखानीका अध्यक्ष बेलबहादुर जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सचिवालय सदस्य डिल्लीराज गौतमले गर्नु भएको थियो ।










