
बागलुङ, १५ कार्तिक
ब्लड क्यान्सरबाट पीडित बनेकी बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराकी सावित्रा थापालाई बचाउन अपिल भन्ने खबरवे अनलाईनको समाचारको प्रभावबाट बुधबार ४ हजार १ सय रकम संकलन भएको छ ।
ब्लड क्यान्सर भएपछि नेपालमा उपचार सम्भव नभएर भारतको आयुर्विज्ञान संस्थानमा उपचार गराईरहेकी थापालाई उपउपचारको लागि रकम अपुभ भएपछि परिवार तथा आफन्तहरुले सहयोग अभियान अगाडी बढाउन फेसबुकबाट अपिल गरेका छन् ।
थापाको उपचारका लागि हालसम्म ४ लाख भन्दा बढी खर्च भएको र परिवारले उपचार खर्च पु¥याउन नसक्ने अवस्था सिर्जना भएपछि आफन्त शुभेच्छुकको पहलमा बागलुङमा गठित सावित्रा थापा बचाउँ अभियान उपचार सहयोग समितिले सहयोगका लागि सबैलाई आग्रह गरेको हो ।
थापाको उपचारको लागि रगतको लागि मात्र २४ लाख लाग्ने र उपचारको लागि १ वर्षसम्म भारतमा नै रहनुपर्ने बताईएकाले सहयोगको अपिल गर्नुपरेको सावित्राका दाजु देवबहादुर थापाले बताउनुभयो ।
कलकलाउदो उमेरमै ब्लड क्यान्सर पीडित बनेर जिवन मरणको दोसाधमा पुगे पछि सार्वजनिक रुपमा उपचारमा सहयोगका लागि अपिल गर्न बाध्य बनेको सावित्राका दाजु थापाले बताउनुभयो ।
थापालाई बचाउनको लागि परिवारले देश बिदेशमा रहेका सबै नेपालीबाट सहयोग प्राप्त हुने बिश्वास व्यक्त गर्नुभयो । सहयोग गर्न चाहने महानुभावले देव बहादुर थापाको मोबाईल नम्बर ९८४७६६२०३२ मा सम्पर्क गर्न सकिने परिवारले बताएका छन् ।
बुधबार खबरवे अनलाईनको प्रभावबाट संकलन भएको रकमको विवरण
१) मणिभद्र शर्मा, काठेखोला–२, भीमापोखरा, रु. १,५००।–
२) अञ्जना नेपाली, बा.न.पा.–८, सिगाना लामाचौरा, रु. ५००।–
३) इशारा दर्जि, काठेखोला–१, धिमी, रु. ५००।–
४) विष्णु बहादुर कुँवर, क्वीक मनिट्रान्फर बागलुङ, रु. ५००।–
५) धन बहादुर कार्की, काठेखोला–२ भीमापोखरा, रु. ५००।–
६) खिमाकुमारी शर्मा, काठेखोला–२ भीमापोखरा, रु. २,००।–
७) भिमप्रसाद शर्मा, जैमिनी नगरपालिका–१, रु. २,००।–
८) टिकाकुमारी शर्मा, बा.न.पा.–१, रु. १,००।–
९) राजु के.सी., बा.न.पा.–७, हराचौर, १,००।–










