
बागलुङ, १५ कार्तिक
बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराकी सावित्रा थापालाई ब्लड क्यान्सर भएपछि उपचारमा सहयोग गर्न परिवार र आफन्तले सार्वजनिक रुपमा अपिल गरेका छन् ।
थापाको उपचारका लागि अहिले सम्म ४ लाख भन्दा बढी खर्च भएको र परिवारले उपचार खर्च पु¥याउन नसक्ने अवस्था सिर्जना भएपछि आफन्त शुभेच्छुकको पहलमा गठन गरिएको सावित्रा थापा बचाउँ अभियान उपचार सहयोग समितिले सहयोगका लागि सबैलाई आग्रह गरेको हो ।
भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत थापाको उपचारको लागि रगतको लागि मात्र २४ लाख लाग्ने र उपचारको लागि १ वर्षसम्म भारतमा नै रहनुपर्ने बताईएकाले सहयोगको अपिल गर्नुपरेको सावित्राका दाजु देवबहादुर थापाले बताउनुभयो ।
कलकलाउदो उमेरमै ब्लड क्यान्सर पीडित बनेर जिवन मरणको दोसाधमा पुगे पछि सार्वजनिक रुपमा उपचारमा सहयोगका लागि अपिल गर्न बाध्य बनेको सावित्राका दाजु थापाले बताउनुभयो ।
थापालाई बचाउनको लागि परिवारले देश बिदेशमा रहेका सबै नेपालीबाट सहयोग प्राप्त हुने बिश्वास व्यक्त गर्नुभयो । सहयोग गर्न चाहने महानुभावले देव बहादुर थापाको मोबाईल नम्बर ९८४७६६२०३२ मा सम्पर्क गर्न सकिने परिवारले बताएका छन् ।










