
बागलुङ, १३ कार्तिक
आगामी मंसिर १० गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचन नजिकिदै गर्दा नेपाली काँग्रेसले पनि आफ्नो चुनावी अभियानलाई क्षेत्र नम्बर २ मा तीब्र बनाएको छ ।
चुनावी अभियान अन्तर्गत सोमबार जिल्लाको तमानखोला गाउँपालिका—३ मा चुनावी सभा सम्पन्न भएको छ । सभामा बोल्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार नरबहादुर पुन निरजले शान्ति, लोकतन्त्र र देशको समृद्धिका लागि नेपाली काँग्रेसलाइ मतदान गर्न आग्रह गरे ।
‘हामीले संविधान निर्माण गर्ने मुख्य अभिभारा काँग्रेसको नेतृत्वमा पुरा गरेका छौं,’ उनले भने,‘अब देशलाई समृद्धिको दिशातर्फ लैजाने समय आएको छ । त्यसको नेतृत्व पनि काँग्रेसले नै गर्छ, त्यसैले हामीलाई मतदान गर्नुहोस् ।’ उनले २०६४ सालमा आफु सभासद हुँदा पश्चिम बागलुङको विकास सम्भावनाहरुको ढोका खोल्न शुरु गरेकाले त्यसलाई पूरा गर्न आफुलाई मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै क्षेत्र नम्बर २ प्रदेश सभा सदस्य २ का उम्मेदवार जीत शेरचनले ‘मैले विगतमा पनि यस क्षेत्रको विकासका लागि आफुले सक्दो पहल गरेकै छु,’ उनले भने,‘अब विकासलाई युद्धस्तरमा अगाडी बढाउनुपर्ने छ । त्यसका लागि मलाई मदतान गर्नुहोस् ।’
कार्यक्रममा बोल्दै क्षेत्रीय सभापति दार्ण कुँवर, नेपाली काँग्रेसका प्रतिनिधि, जिल्ला सदस्य, क्षेत्रीय समितिका पदाधिकारी सदस्य लगायतले मन्तव्य राखेका थिए ।
नेपाली काँग्रेस तमानखोला गाउँपालिका सहसंयोजक झकबहबादुर बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गिरबहादुर घर्तीले गरेका थिए ।
यस्तै बागलुङ क्षेत्र नम्बर २ प्रदेश सभा २ का उम्मेदवार मञ्जेश बम मल्लले गल्कोट नगरपालिका—१ दुदिलाभाटीमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
देश विकास गर्ने जिम्मा अव युवाहरुको काँधमा आएको र आफु सशक्त युवा उम्मेदवार भएकाले मतदान गर्न आग्रह गरेका थिए । मल्लसंगै स्थानीय नेताहरु सम केसी, हिरा काउचा, पवन हमाल सीतारा पुन लगायतले काँग्रेसलाई मतदा गर्न आग्रह गर्दै घरदैलो गरेका छन् । सोमबार नै क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा २ को कार्यविभाजन पनि गरिएको नेपाली काँग्रेसले जनाएको छ ।
यस्तै मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि नेपाली काग्रेसले चुनावी अभियान जारी राखेको छ ।
बागलुङ क्षेत्र न १ प्रतिनिधि सभा र प्रदेश सभा १ ले आज बागलुङ नगरपालिकाका विभिन्न स्थानमा घरदैलो एवं चुनावी अभियान सम्पन्न गरेको छ । चुनावी अभियान अन्र्तगत बानपाको उपल्लाचौर, रमेटार,कुँडुले फेदी लगायतका स्थानमा घरदैलो तथा सभा गरेको हो ।
घरदैला तथा सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद रत्ना शेरचनले आम नागरिकको भावनालाई उच्च कदर गर्दै नेपाली काँग्रेस चौतर्फी विकासमा अगाडि बढ्ने हुँदा रुख चिन्हमा मतदान गर्न आग्रह गरिन् ।
कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र न १ का उम्मेदवार एवं पूर्व सांसद चम्पादेवी खड्काले हरेक क्षेत्रको विकासमा आफु सक्रिय भएर सधै लाग्ने हुँदा अमुल्य मतदान गरि आफुलाई विजयी गराउन आग्रह गरिन् ।
‘प्रदेश सभा १ का उम्मेदवार एवं नेपाली काँग्रेसका सभापति दिपेन्द्रबहादुर थापाले सबैको चाहना र भावनालाई कदर गर्दै हरेक क्षेत्रको विकासमा आफुले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सभापति हरिप्रसाद श्रेष्ठ, महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, महाधिबेशन प्रतिनिधि अम्मरबहादुर कार्की, नगरसभापति महेन्द्रप्रसाद आर्चाय, नेपाल महिला सघंकी केन्द्रिय सदस्य पार्वती आर्चाय, नेविसघंका पूर्व जिल्ला अध्यक्ष महेन्द्रप्रसाद कँडेल, नेविसघंका राजु केसी लगायतले बोलेका थिए ।










