
बागलुङ, १३ कार्तिक
गुल्मी र बागलुङको सिमानामा पर्ने वामिटक्सार पुल नजिकको चिया पसलबाट हिजो राति १० बजे प्रहरीले २२ किलो चरेश सँगै एक जना प्रक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय हरिचौरले दिएको जानकारी अनुसार गलकोट नगरपालिका वडा नम्बर १० पाण्डवखानी काप्रे घर बताउने ४६ बर्षिय धन बहादुर बुढालाई बागलुङ देखि गुल्मि देखि बुटवल हुदै भारत लैजाने क्रममा २२ केजि चरेश सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख अर्जुनध्वज अधिकारीले बताउनुभयो ।
बुढालाई प्रहरी चौकि खर्वाङको टोलिले प्रक्राउ गरेको खर्वाङ प्रहरी चौकिका हव्लदार टक बहादुर प्रर्जाले बताउनुभयो ।
सामान्य सुराखीका आधारमा लुकाइ छिपाइ बेच्न लैजादै गरिएको अवस्थामा अवैध चरेश बरामद गरिएको प्रर्जाले बताउनुभयो ।
प्रतिवन्धित लागुपदार्थ चरेश बेचबिखनको लागि लैजादै गरेको अवस्थामा विशेष सूचनाको आधारमा खर्बाङ प्रहरी चौकिबाट खटिएको प्रहरी टोलीले बुढालाई प्रकाउ गरेको हो । उहाँलाई यतिबेला ईलाका प्रहरी कार्यालय हरिचौरमा राखिएको छ ।










