बागलुङ, १३ कार्तिक
संयुक्त बाम गठबन्धनले क्षेत्र नम्बर एकको भकुण्डेका एक दर्जन बढी ठाउँमा चुनावी सभाहरु सम्पन्न भएका छन् ।
सभालाई सम्बोधन गर्दै क्षेत्र नम्बर एकको प्रदेश क्षेत्र नम्बर एकका सूर्य चिन्हका उमेदवार इन्द्रलाल सापकोटाले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै मुलुकको समृद्धिका लागि बामपन्थी पार्टीहरु एक भएर चुनावी अभियानमा लागेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य मनकुमारी केसी, माओवादी केन्द्रका यज्ञबल्लभ शर्मा, कुशुम बुढा, टिका बिक, अखिल नेपाल युवा संघका अध्यक्ष तिलक थापा, रामबहादुर जिसी एमाले सचिवालय सदस्य गणेश थापा मगर लगायतले बोल्नुभएको थियो ।
यस्तै संयुक्त बाम गठबन्धनको चुनावी अभियान ढोरपाटन नगरपालिकाको बोबाङमा सम्पन्न भएको छ । चुनावी सभालाई संबोधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा बागलुङ क्षेत्र नं. २ का साझा वाम उमेद्वार देवेन्द्र पौडेलले यो देशको आमुल परिवर्तनका लागि अब नेपालमा कम्युनिष्टहरुले कम्तिमा २० वर्ष शासन गर्नु आवश्यक रहेको बताउनुभयो । देशमा लामो समय काँग्रेसले शासन गरिरहेको अवस्थामा देशले स्थायित्व र विकास निर्माणले गति लिन नसकेको आम नेपाली जनताका माझ स्पष्ट भएको भन्दै नेता पौडेलले, राज्यलाई स्थायित्व दिई विकास र समृद्धिका लागि बाम तालमेल भएको बताउनुभयो ।
तिन बाम पार्टीहरु नेकपा एमाले, माओवादी केन्द्र तथा राष्ट्रिय जनमोर्चाका अगुवा कार्यकर्ता, समर्थक, नेता तथा स्थानीय जनताको व्यापक उपस्थितिमा भएको आम सभालाई संयुक्त बाम गठबन्धनका तर्फबाट बागलुङ जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तरगत, तमानखोला, ढोरपाटन निसीखोला कलस्टर प्रदेश २ का प्रत्यासी उमेदवार टेकबहादुर घर्तीले पनि संबोभन गर्नुभएको छ ।
आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सबै दलित, जनजाति, उत्पिडनमा परेको वर्ग समुदायले पूजीपति वर्गको पार्टि होईन गरिव दुखी जनताको साथमा रहने कम्युनिष्ट पार्टिका साझा उमेदवारहरुलाई मतदान गरि विजयी बनाउन जनतालाई आग्रह गर्नुभयो ।
यस्तै सभामा विभिन्न वक्ताहरुले ढोरपाटन सिकार आरक्ष र त्यससँग सम्बन्धित बन ऐन २०२९ ले स्थानीय जनताको उपभोगमा रहेको, चरिचरन र उपभोगमा रहेको बन नेपाली सेना राखेर कब्जा गरेको आरोप लगाएका छन् । तत्काल जनताको आफ्नो स्वामित्व र अधिकार समान रहने गरि उक्त ऐनलाई शंसोधन गर्न सबै जनताले बाम पार्टिका उमेदवारलाई मतदान गर्न स्थानीय जनताले उनीहरुले आग्रह गरेका छन् ।
कार्यक्रममा नेकपा एमालेका नेता मोहनलाल शर्मा, माओवादी केन्द्रका नेता तुल्सीराम अर्याल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमरबहादुर थापा, माओवादी केन्द्रका पूर्व सभासद वलावती शर्मा, माओवादी केन्द्रकै पोलिटिव्युरो सदस्य रेशम थापा, ढोरपाटन नगरपालिकाका उपमेयर कर्मती पुन मगर, नेकपा एमाले जिल्ला कमिटि सदस्य बीरबहादुर विश्वकर्मा, अखिल नेपाल शिक्षक संगठकका क्षेत्रिय अध्यक्ष रामबहादुर घर्ति लगायतले मन्तव्य राख्नुभएको थियो ।
राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर अध्यक्ष धनबहादुर अदैको अध्यक्षता, नेकपा माओवादी केन्द्रका जिल्ला सल्लाहकार भद्रम्नी सुनारको स्वागत मन्तव्य तथा नेकपा एमाले नगर संगठन कमिटिका सदस्य अमर बुढामगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।










