
बागलुङ, १३ कार्तिक
संयुक्त बाम गठबन्धन प्रतिनिधीसभा क्षेत्र नम्बर १ बागलुङको चुनावी अभियान अन्तरगत आज बरेङ गाउँपालिका वडा नम्वर ४ सल्यानमा चुनावी सभा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका उमेदवार डाक्टर सुर्य पाठकले देशको समग्र विकासका लागि बाम गठबन्धनका उमेदवारहरुले जित्नुपर्नेमा जोड दिनु भएको छ । उहाले गरिबी निवारण र युवाहरुलाई बिदेश पालयन हुनवाट रोक्नका लागि बाम उमेदवारहरुले जित्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिनिधि सभा क्षेत्र नम्वर १ को प्रदेश २ का उमेदवार कृष्ण थापाले जिल्लाको विकास गर्ने खाका आफुहरुसंग रहेको बताउँदै बाम गठबन्धनका उमेदवारलाई मतदान गरि विजयी गराउन आग्रह गर्नुभयो । थापाले हरेक कठिन परिस्थितिमा आफुहरु जनताको माझमा रहेकाले जनताले पूर्ण विश्वासका साथ बामपन्थी उमेदवारलाई विजयी गराउनेमा विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा अन्तराष्ट्रिय एकता समाजका अध्यक्ष गंगा पौडेल, पुर्व सांसद तथा अखिल नेपाल महिला संघका अध्यक्ष मिना पुन, नेकपा एमाले प्रदेश न। ४ का सदस्य श्रीप्रसाद शर्मा, नेकपा माओवादी केन्द्रका चिनीमाया काला, प्रदिप थापा, जिल्ला समन्वय समतिका सदस्य राजु केसी, बरेङ गाउपालिका कार्यपालिकाका सदस्य देवबहादुर सुनार, वडा नम्वर ४ का अध्यक्ष लिलबहादुर खत्री र प्रगतिशिल पत्रकार संघका कोषाध्यक्ष प्रकाश छन्तेलले मंतव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षता, हरिकृष्ण शर्माको स्वागत र मुकुन्द शर्माको संचालनमा सम्पन्न भएको थियो । अभियान अन्तरगत मंगलवार बरेङ गाउँपालिका वडा नम्वर ३ बाटाकाचौरमा चुनावी सभा हुने बताइएको छ ।
यसैबीच, बागलुङ क्षेत्र नम्बर एकको बागलुङ बजारमा संयुक्त महिला संगठनहरुले घरदैलो अभियान सम्पन्न गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा निकट महिला संगठनकले संयुक्त रुपमा बामपन्थी उम्मेदवारलाई विजयी गराउँन आग्रह गर्दै घरदैलो अभियान सम्पन्न गरेका हुन् ।










