नेपाली काँग्रेसको चुनाबि निती तथा रणनिती बिषयक छलफल

बागलुङ, १२ कार्तिक
नेपाली काँग्रेस क्षेत्र नँ २ बाग्लुङको चुनाबि निती तथा रणनिती बिषयक छलफल एवम भेटघाट कार्यक्रम ढोरपाटन नगरपालीका वडा नँ १ बुर्तिबाङमा आईतबार सम्पन्न भएको छ ।
मँसिर १० गते हुन लागिरहेको सँघ र प्रदेश तहको निर्वाचलाई आफनो जित सुनिश्चित गर्ने उदेश्य सहित सञ्चालीत कार्यक्रममा क्षेत्र २ अन्र्तगत ताराखोला देखि तमानखोला निसिखोला गाँउपालीका अन्र्तगत ४८ वटै वडाका प्रतिनीधिहरुको सहभागिता रहेको हो ।
क्षेत्र नँ २ का क्षेत्रिय सभापती दोर्णकुमार कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा बाग्लुङ क्षेत्र नँ २ अन्र्तगत सँघका उमेदवार नरबहादुर पुन (निरज )ले बोल्दै अबको निर्वाचनमा जसरिपनी सत्ताको स्वार्थ र प्रजातन्त्र बिरोधि शतिmलाई पराजित गर्दे आफनो जितको सुनिश्चत हुने तवरले द्धृढ सँकल्पका साथ चुनाबमा होमिन नेता कार्यक्रताई आब्ह्वान गर्नुभएको छ ।
आफुले २०६६ सालमा साम्सद हुँदाको अबस्थामा यस क्षेत्रको बिकास निर्माण र प्रर्यटन क्षेत्रको बिस्तारका निम्ती धेरै पहल र काम गरेको बताउँदै ढोरपाटन –सालझण्डि सडक खण्डको सडक योजना जोड्ने अभियान, ढोरपाटनमा बिधुत आयोजनाको सम्भ्यता अध्यनमा जोड्, तथा शैक्षिक क्षेत्रको बिकास निर्माणका निम्ती अग्रसर भुमिका निर्वाह गरेको बताउँदै यस पटकको चुनाबमा पनी आफनो जित भएमा बुर्तिबाङ, गल्कोट र खर्वाङलाई एकिकृत सुबिधा सम्पन्न बस्ति बिकास, कृर्षि क्षेत्रको बिस्तारीकरण र बजारीकरण, युवा स्वरोजगार मुलक कार्यक्रम, तथा स्वास्थ्य, शिक्षा र यातायात क्षेत्रको तिब्र बिकासमा अगाडि बद्ने बताउँदै यस क्षेत्रको सम्भावित बिकास निर्माण र नँया परीकल्पना गर्नका निम्ती प्राबिधिक क्षेत्रमा लाग्ने खर्च आफुले राज्यबाट पाउने सेवा सुबिधाबाटै खर्च गर्ने ठोकुवा समेत गर्नुभएको हो ।
साथै उहाँले जिल्लाको पश्चिम क्षेत्र बाढि पहिरो प्रभावित क्षेत्र भएका कारण त्यसको ब्यबस्थापनका निम्ती आबस्यक योजना बनाएर अगाडि बद्ने लक्ष्य रहेको बताउनु भयो ।

त्यस्तै क्षेत्र नँ २ प्रदेश( ख)का उमेदवार जितशेरचनले बोल्दै नेपाली काँग्रेस पार्टि राणा साशन , राजतन्त्र अन्त्य देखि सँबिधान निर्माण सँगै जनताको पिडा सँग सहयात्रा गर्ने पार्टि भएका कारण देशलाई लुतत्रन्त्रको खेति गर्ने र सँबिधान खल्बल्याउन चाहाने शतिmलाई परास्त गर्ने सबै नेताकार्यक्रता एक धिक्काभएर अगाडि बड्द जोड दिनुभयो ।
आफुलाई कुनै पद र आर्थिकको लोभ नभएको बताउँदै जनताको लागि सेवा सुबिधा , रोजगार र अधिकार स्थापित गराउनुनै आफनो मुख्य एजेन्डा रहेको बताउनु भयो । कार्यक्रममा क्षेत्र नँ २ प्रदेश नं (क) उमेदवार मञ्जेवम मल्ल, निसिखोला गाँउपालीका प्रमुख तारानाथ पौडेल, तमानखोला गाँउपालीका प्रमुख जोकलाल बुढा, गल्कोट नगरपालीका प्रमुख भरत सर्मा गरै, नेपाली काँग्रेस निसिखोला गाँउपालीका सम्योजक ईन्द्रबहादुर मल्ल, वडिगाड गााउपालीका सम्योजक अर्जुन खरेल, ताराखोला गाँउपालीकाको तर्फदेखि माया बस्नेत, गल्कोट नगरपालीकाको तर्फदेखि नारायण ध्वज मल्ल, तमानखोला गाँउपालीका सम्योजक खगेन्द्रमान पुन तथा बिभिन्न वडाको तर्फदेखि वडा प्रतिनीधिले आ –आफनो क्षेत्रको रिर्पाटिङ तथा चुनाबि कार्यक्रमको बिषयमा धारणा राख्नु भएको थियो ।
कार्यक्रमका अबसरमा आगामि दिनका कार्यक्रम, बिभिन्न समिती उपसमिती समेत गठन गरीएको छ । कार्यक्रम क्षेत्रिय सचिब तिलक घर्तिले सञ्चालन गर्नुभएको हो ।