
बागलुङ, ११ कार्तिक
काठेखोला २ भीमापोखरामा बिहीबारदेखि संचालनरत ३ दिने बोल्नेकला तथा आधारभुत पत्रकारीता तालिम शनिबार सम्पन्न भएको छ ।
काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोराको आयोजना र जननिगरानी साप्ताहिक पत्रिकाको व्यवस्थापनमा संचालन गरिएको तालिममा भीमापोखराका संघसंस्थाका प्रतिनिधि तथा विद्यालयका शिक्षक र विद्यार्थीहरु गरी ४६ जनाको सहभागिता रहेको थियो ।
तालिमको समापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ, बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले उत्कृष्ट व्यक्ति बन्नको लागि बोली तथा व्यवहारमा परिवर्तन ल्याउनुपर्ने बताउँदै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्नको लागि अनुरोध गर्नुभएको थियो ।
काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराका अध्यक्ष विद्यापति शर्माको अध्यक्षता र जननिगरानी साप्ताहिक पत्रिकाका सम्पादक नविन शिशिर विकले संचालन गरेको समापन कार्यक्रममा जननिगरानी साप्ताहिक पत्रिकाका अध्यक्ष खिम बहादुर कार्की, भीमापोखरा महिला विकास सहकारी संस्था लिमिटेडकी अध्यक्ष ओमादेवी केसी, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सल्लाहकार कोपिला कंडेल र प्रशिक्षार्थी निर्मला थापाले बोल्नुभएको थियो ।










