
बागलुङ, ५ कार्तिक
आगामि मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको लागि बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (ख)मा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङमा नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टी नेपालले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली काँग्रेसबाट प्रकाश शर्मा पौडेल, संयुक्त बाम गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र नयाँ शक्ति पार्टी नेपालबाट युनिस मियाँले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी श्यामकुमार थापाले जानकारी दिनुभयो ।










