बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (क)को लागि ५ जनाको उम्मेदवारी (नामावली सहित)

बागलुङ, ५ कार्तिक
आगामि मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको लागि बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (क)मा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङमा नेकपा एमाले, नेपाली काँग्रेस, संघिय समाजवादी फोरम नेपाल, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) र नयाँ शक्ति पार्टी नेपालले उम्मेदवारी दर्ता गराएका छन् ।
संयुक्त बाम गठबन्धनबाट नेकपा एमालेका इन्द्र लाल सापकोटा, नेपाली काँग्रेसबाट दिपेन्द्र बहादुर थापा, संघिय समाजवादी फोरम नेपालबाट बद्री कुमार श्रेष्ठ., एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बाट जयलाल सापकोटा र नयाँ शक्ति पार्टी नेपालबाट कृष्ण शर्माले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी श्यामकुमार थापाले जानकारी दिनुभयो ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा संयुक्त बाम गठबन्धन बनाएर उम्मेदवारी दिएका छन् ।