बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको लागि २ स्वतन्त्र सहित ८ जनाको उम्मेदवारी (नामावली सहित)

बागलुङ, ५ कार्तिक
आगामि मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि ६ वटा राजनीतिक दल र २ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माले, संघिय समाजवादी फोरम नेपाल, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) र नयाँ शक्ति पार्टी नेपालले उम्मेदवारी दर्ता गराएका छन् ।
संयुक्त बाम गठबन्धनबाट नेकपा एमालेका सुर्यप्रसाद पाठक, नेपाली काँग्रेसबाट चम्पादेवी खड्का, नेकपा मालेबाट निर बहादुर क्षेत्री, संघिय समाजवादी फोरम नेपालबाट महेन्द्र जि.सी., एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बाट सुमनजंग राजभण्डारी र नयाँ शक्ति पार्टी नेपालबाट कृष्णप्रसाद शर्मा र स्वतन्त्र उम्मेदवारी गंग थापा र पुर्ण बहादुर क्षेत्री पौडेले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी श्यामकुमार थापाले जानकारी दिनुभयो ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा संयुक्त बाम गठबन्धन बनाएर उम्मेदवारी दिएका छन् ।