यी हुन बागलुङमा बाम गठबन्धनका उम्मेदवारहरु (नामावली सहित)

बागलुङ, ४ कार्तिक
आगमी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागलुङका तीन बाम राजनीतिक दलबीच संयुक्त प्यान निर्माण गरी चुनावमा जाने सहमति भएको छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच शनिबार संयुक्त बाम प्यानल निर्माण गरी चुनावमा जाने सहमति भएको हो ।
सहमति अनुसार नेकपा एमाले र माओवादी केन्द्रले एक संघ र एक प्रदेश तथा राष्ट्रिय जनमोर्चाले दुई प्रदेशमा उमेदवारी दिने नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो ।
अध्यक्ष सापकोटाका अनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ र प्रदेश सभा १ को (क) एमालेलाई, क्षेत्र नम्बर– २ र प्रदेशसभा २ को (क) माओवादी केन्द्र र प्रदेश १ को (ख) र २ को (ख) मा राष्ट्रिय जनमोर्चाले उमेदवारी दिने सहमति भएको छ ।
यस अघि एमाले माओवादी गठबन्धले एक/एक संघ र दुई/दुई प्रदेशको बाँडफाँड गरेका थिए । एमालेले क्षेत्र नम्बर २ को (ख) र माओवादीले क्षेत्र नम्बर १ को (ख) त्याग गर्दै राष्ट्रिय जनमोर्चालाई गठबन्धमा समेटन सफल भएका हुन ।
विगतदेखि स्थानीय तह निर्वाचनसम्म आउँद छिटफुट चुनावी एकता गरेका बाम राजनीतिक दल पहिलो पटक संयुक्त प्यान निर्माण गरी निर्वाचनमा जाँदै छन । तीन राजनीतिक दलले कात्र्तिक ५ गते आइतबार संयुक्त रुपमा मनोनयन दर्ता गर्ने कार्यक्रम तयार गरेका छन । एमालले क्षेत्र नम्बर १ प्रतिनिधिसभामा डा. सूर्य पाठक र प्रदेशतर्फ १ (क) मा पार्टी अध्यक्ष इन्द्रलाल सापकोटालाई उमेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै माओवादी केन्द्रले क्षेत्र नम्बर २ को संघ तर्फ केन्द्रीय नेता देवेन्द्र पौडेल र प्रदेश २ को क) मा जिल्ला सहइन्चार्ज चन्द्रबहादुर बुडा सागरलाई उमेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख कृष्ण केसीले जानकारी दिनुभयो ।
राष्ट्रिय जनमोर्चाले क्षेत्र नम्बर १ ख मा कृष्ण थापा र २ ख मा टेकबहादुर घर्तीलाई उमेदवार बनाउने निर्णय गरेको पार्टी अध्यक्ष अमर थापाले जानकारी दिनुभयो ।