
बागलुङ, ४ कार्तिक
आगमी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागलुङ तीन बाम राजनीतिक दल संयुक्त प्यानल निर्माण गरी चुनावमा जाने सहमति भएको छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच शनिबार संयुक्त बाम प्यानल निर्माण गरी चुनावमा जाने सहमति भएको हो ।
सहमति अनुसार नेकपा एमाले र माओवादी केन्द्रले एक संघ र एक प्रदेशसभा तथा राष्ट्रिय जनमोर्चाले दुई प्रदेशमा उमेदवारी दिने नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो ।
अध्यक्ष सापकोटाका अनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ र प्रदेश सभा १ को (क) एमालेलाई, क्षेत्र नम्बर– २ र प्रदेशसभा २ को (क) माओवादी केन्द्र र प्रदेश १ को (ख) र २ को (ख) मा राष्ट्रिय जनमोर्चाले उमेदवारी दिने सहमति भएको छ । तीन राजनीतिक दलले कात्र्तिक ५ गते आइतबार संयुक्त मनोनयद दर्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ ।










