
आज २०७४ साल कार्तिक ४ गते शनिवार,
तदअनुसार अक्टोबर २१, २०१७
(साप्ताहिक राशिफल कार्तिक ४ गतेदेखि कार्तिक १० गते सम्म)
मेष : संघर्ष गर्नु परे पनि हिम्मतले काम बनाउन सकिनेछ । मेहनत गर्दा काममा विभिन्न अवसर प्राप्त हुनेछ । नयाँ काम प्रारम्भ हुनेछ भने सोचे भन्दा आम्दानी बढ्नेछ । उद्योग र व्यापारबाट प्रशस्त फाइदा हुनेछ । प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । घरायसी काममा झामेका आउनेछ ।
वृष : नयाँ कामको प्रस्ताव आउनेछ भने काममा साथ दिनेहरू बढ्नेछन् । रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ । काम गर्ने उत्साह र हौसला बढ्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ भने मन प्रसन्न रहनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । प्रेममा धोका मिल्न सक्छ ।
मिथुन : सोचेको आटेको काममा सफलता मिल्नाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र आफन्तको सहयोग मिल्नेछ । व्यापार ब्यबसायबाट प्रशस्त फाइदा हुनेछ । अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ । लेनदेनमा समस्या आउन सक्छ ।
कर्कट : समाजमा बोलीको प्रभाब बढ्नेछ । सोचेको आटेको काममा सजिलै सफलता मिल्नेछ । प्रेमी प्रेमिकाबाट काममा सहयोग मिल्नाले मन प्रसन्न रहनेछ । लामो समयपछि साथीभाईसाङ्ग भेटघाट हुनेछ भने रमाइलोमा समय बित्नेछ । भएको काम समयमा पूरा गर्न नसक्दा आलोचित हुनुपर्नेछ । पारिवारिक मनमुटाब हुन सक्छ ।
सिंह : सोचेको आटेको काममा सफलता मिल्नेछ । लामो समयदेखि रोकिएका कामहरु सुचारु हुनेछन । साथीभाईसंग रमाइलोमा समय बित्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । मेहनत गरेको काममा सफलता मिल्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठा बढ्नेछ । ब्यापार ब्यबसायबाट प्रशस्त फाइदा हुनेछ । साझेदारी काममा उल्झन आउनेछ ।
कन्या : मेहनत गर्दा नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । समाजमा मानसम्मान मिल्नेछ । कामको दायित्व बढ्नेछ । तपाइको मेहनतको धेरैले खुलेर तारिफ गर्नेछन । साथीभाईको सहयोगले काम गर्ने हिम्मत र हौसला बढ्नेछ । प्रयाश गरेको काममा सफलता मिल्नेछ । विवाद बढ्ने हुँदा बोल्दा विचार पुर्याउनुहोला । दाजुभाईसंग मनमुटाब हुन सक्छ ।
तुला : पारिवारिक सद्भाव बढ्नेछ । आफन्तको सहयोगमा नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । चुनौतिको सामना गर्नुपरे पनि काममा सफलता मिल्नेछ । आफ्नै गल्तीले काममा बाधा अड्चन आउन सक्छ, सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउनेछ ।
वृश्चिक : सोचेको आटेको काममा सफलता मिल्नेछ । मेहनतले जीबनशैलीमा परिबर्तन आउनेछ । महत्वपूर्ण काममा सफलता मिल्नेछ । दाम्पत्य जीबनमा खुसियाली छाउनेछ । प्रेममा सफलता मिल्ने योग रहेको छ । ब्यापार ब्यबसायबाट सोचे जति आम्दानी हुनेछ । सामाजिक मानसम्मान मिल्नेछ । साझेदारी काममा विवाद आउन सक्छ, सचेत रहनुहोला ।
धनु : ठुला व्यक्तिको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । आमाबुवाको सहयोगमा नयाँ कामको थालनी हुनेछ । कृषि कामबाट फाइदा मिल्नेछ । शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । काममा आफन्तको सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । साथीभाईसंग मनमुटाब हुनेछ ।
मकर : साथीभाईको सहयोगमा काममा भने सफलता मिल्नेछ । सामाजिक काममा व्यस्त रहनुपर्नेछ । परोपकारी काममा रुची बढ्नेछ । बैदेशिक ब्यापारमा सफलता मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछन । अरूका लागि समय खर्चनुपर्नेछ । नयाँ काममा हात हाल्न केही समय कुर्दा राम्रो हुनेछ । दाजुभाई दिदीबहिनीसंग मनमुटाब हुने देखिन्छ ।
कुम्भ : हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ । शत्रुहरुले काम बिगार्ने प्रयाश गर्नेछन तर आफ्नो इमान्दारीता र लगनशीलता गर्दा महत्वपूर्ण काममा सफलता मिल्नेछ । दाम्पत्य जीबन सुखमय रहनेछ । गरेका कामबाट सन्तुष्टि मिल्नेछ । रोकिएका कामहरु सुचारु हुनेछन । दाम्पत्य जीबनमा खटपट आउनेछ । घरायसी काममा झमेला आउनेछ ।
मीन : केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । पति पत्नीबीच सम्बन्धमा सुधार आउनेछ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । साहित्य लेखनमा रुची बढ्नेछ । यात्रामा भने केहि उल्झन आउनेछ ।










