टिकट नपाएपछि काँग्रेसका क्षेत्रीय सभापति कुँवरद्वारा राजिनामा

बागलुङ, ३ कार्तिक
नेपाली काँग्रेस बागलुङका क्षेत्रिय सभापति दोर्णकुमार कुँवरले साधारण सदस्यसमेत नरहनेगरी पदबाट राजिनामा दिएको घोषणा गरेका छन् ।
मंसिर १० गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा पार्टीले टिकट नदिएपछी उहाँले पार्टीबाट राजिनामा दिएको हुन सक्ने आँकलन गरिएको छ ।
कुँवरले बागलुङ क्षेत्र नम्बर २ को प्रदेश (ख)बाट उम्मेदवार बन्नको लागि निवेदन दिएका थिए तर काँग्रेसको केन्द्रीय तहबाट शुक्रबार घोषणा भएका उम्मेदवारहरुमा कुँवरको नाम नपरेपछि आफ्नो फेसबुक आईडीबाट राजिनामा दिएको घोषणा गरेका छन् ।
प्रतिनिधी सभा सदस्यमा नरबहादुर पुन निरजलाई पार्टीले उमेदवार बनाएको र प्रदेश सभा (क) बाट सदस्यमा मन्जेशवम मल्ल, प्रदेश सभा (ख)बाट जीत शेरचनलाई टिकट दिएपछी कुँवरले यो कदम उठाएका हुन् । कुँवर निसीभूजी क्षेत्रमा नेपाली काँग्रेसका सक्रिय एवं सशक्त युवा कार्यकर्ता मानिनुहुन्छ। उहाँ स्थानीय तहको निर्वाचनमा भाग नलिई प्रतिनिधी सभा वा प्रदेश सभा सदस्यमा उठ्ने प्रतिक्षामा रहनुभएको थियो ।
कुँवरले फेसबुकमा लेख्नुभएको स्टाटस जस्ताको तस्तै
आजका मिती देखी लागु हुने गरी नेपाली काग्रेस क्षेत्रिय समिति क्षेत्र न २ बागलुङको सभापति पद बाट र साधारण सद्स्य बाट नरहने, गरी केन्द्रिय सभापति समक्ष् राजीनामा दियको छु । मलाई विश्वाश गरी सभापति बनाउनु हुने सबै काग्रेस जन प्रती क्षमा चहान्छु । मेरो कार्याकालमा सहयोग सदभाब सहकार्य गर्ने सबै नेतागण अगुवा कार्यक्रता जनमा आभार ब्यक्त गर्दछु । सबै जनको आगामी दिनमा सहयोगको अपेक्षा गर्दछु । धन्यवाद