बागलुङ क्षेत्र नम्बर १ मा बाम गठबन्धनबाट पाठक र काँग्रेसबाट खड्काको उम्मेदवारी

बागलुङ, ३ कार्तिक
आगामि मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको लागि नेपाली काग्रेस र नेकपा एमाल बागलुङले उमेदवार टुङ्गो लगाएको छन ।
नेपाली काग्रेस र नेकपा एमालेले केन्द्रीय कमिटीको निर्णय अनुसार प्रतिनिधि सभा बागलृुङ क्षेत्र नम्बर १ मा नेपाली काग्रेसको तर्फबाट राज्यमन्त्री चम्फादेवी खडका र बामगठबन्धको तर्फबाट एमालेका सूर्य पाठकले टिकट पाउनु भएको छ ।
नेपाली काग्रेसको क्षेत्र नम्बर २ मा पूर्वसंसाद नरबहादुर पुन निरजले टिकट पाउनु भएको छ । बामगठबन्धको क्षेत्र नम्बर २ माओवादी केन्द्रलाई परे पनि माओवादीले उमेदवार घोषण गरेको छैन ।
त्यस्तै काग्रेसले प्रदेशसभा अन्तर्गत क्षेत्र नम्बर १ को (क) मा पार्टी सभापति दिपेन्द्रबहादुर थापा शर्मा पौडेल ख) मा निवर्तमान सांसद प्रकाश शर्मा पौडेल, २ नम्बर क्षेत्रको (क) मा मञ्जेश बम मल्ल र (ख) मा जितबहादुर सेरचनलाई उमेदवार बनाउने निर्णय भएको पार्टीसभापति दिपेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।
यता, नेकपा एमालेको तर्फबाट प्रदेशसभामा क्षेत्र नम्बर १ को (क) मा पार्टी अध्यक्ष इन्द्रलाल सापकोटा र क्षेत्र नम्बर २ को (ख) जिल्ला कमिटी सदस्य ददिराम अर्याल उमेदवार बन्नुभएको छ । चुनावी तालमेल अनुसार बागलुङ क्षेत्र नम्बर २, क्षेत्र नम्बर १ (ख) र २ को (क) माओवादी केन्द्रको भागमा परेको छ । माओवादीले उमेदवार घोषण गर्न सकेको छैन ।
यस्तै बाम गठबन्धनले म्याग्दीबाट प्रतिनिधिसभाको लागि एमालेलाई दिने निर्णय गरेको छ भने प्रदेश सभाको लागि प्रदेश (क)मा एमाले र (ख)मा माओवादीले पाउने गरी सिट बाँडफाँड गरिएको छ ।
यता बामगठबन्धनसँग नजिक रहेको राष्ट्रिय जनमोर्चालाई पनि कसरी समेटने भन्ने विषयमा छलफल जारी रहेको छ । निर्वाचन तालिका अनुसार कात्र्तिक ५ गते उमेदवार मनोनय दर्ताको कार्यक्रम तयार गरिएको छ ।