बागलुङ क्षेत्र नम्बर १ मा बाम गठबन्धनबाट पाठकको उम्मेदवारी

बागलुङ, ३ कार्तिक
आगामि मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको लागि नेकपा एमाले बागलुङले उम्मेदवार टुंगाएको छ ।
बाम गठबन्धनको निर्णय अनुसार प्रतिनिधिसभा बागलुङ क्षेत्र नम्बर १ मा क्षेत्रमा युवा नेता सुर्य पाठकलाई उठाउने निर्णय गरेको एमालेले जनाएको छ ।
बागलुङ क्षेत्र नम्बर १ बाट जिल्ला कमिटिले प्रतिनिधि र प्रदेश सभाको लागि ४ जनाको नाम सिफारिस भए पनि केन्द्रीय कमिटीले प्रतिनिधि सभामा पाठक र प्रदेश (क) मा इन्द्रलाल सापकोटालाई उमेदवार बनाउने निर्णय भएको जिल्ला कमिटी सचिव लालबहादुर थापाले जानकारी दिनुभयो ।
एमालेबाट उमेदवार पाठक, सापकोटा सहित हिरा केसी र श्रीप्रसाद शर्माको नाम केन्द्रमा सिफारिस भएको थियो । यस्तै बागलुङ क्षेत्र नम्बर २ को (ख)बाट प्रदेशको लागि दधिराम शर्मालाई उम्मेदवारी उठाउने निर्णय गरेको नेकपा एमाले बागलुङका प्रचार विभाग प्रमुख धन बहादुर परियारले जानकारी दिनुभयो ।
नेकपा एमाले र नेकपा माओवादीले शुक्रबार काठमाडौंमा बागलुङ क्षेत्र १ को प्रतिनिधि सभा र प्रदेश (क) मा एमाले र बागलुङ क्षेत्र नम्बर २ को प्रतिनिधि सभा र प्रदेश सभा (क) र क्षेत्र नम्बर १ को प्रदेशसभा (क) माओवादीबाट उम्मेदवारी दिने गरी निर्णय भएको थियो ।