म्याग्दीको प्रदेश सभा (क)मा बाम गठबन्धनबाट केसी उठ्ने

म्याग्दी, ३ कार्तिक
आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा म्याग्दीको प्रदेशसभाको क्षेत्र नम्बर १ मा बाम गठबन्धनबाट माओवादीका युवा नेता बिनोद केसी उमेद्वार बन्नु हुने भएको छ ।
चुनावमा तालमेल र पार्टी एकता गर्ने सहमती गरेका एमाले माओवादी केन्द्रले उमेद्वारको सिट बाँडफाँडको टुङ्गो लगाउन गठन गरेको कार्यदलले सिट बाँडफाँड गरेलगत्तै बसेको माओवादी केन्द्रको बैठकले म्याग्दीमा केसीलाई टिकट दिने निर्णय गरेको नेता शेरबहादुर केसीले जानकारी दिनुभयो ।
माओवादी केन्द्रको बेनी नगरकमिटि सचिव समेत रहेका बेनी बजार निवासी नेता केसी सहीद परिवारका सदस्य हुनुहन्छ् । दन्द्धकालमा उहाँका दाजु मदन केसीको तत्कालीन राज्यपक्षद्धारा हत्या भएको थियो । सहिद परिवार र युवालाई उमेद्वार बनाएकोमा माओवादी तथा एमालेका नेता कार्यकर्ता उत्साहीत बनेका छन् ।
केसी माओवादीमा युवा नेताको रुपमा लोकप्रिय रहेका छन् । गठबन्धनको तर्फबाट म्याग्दीमा प्रतिनिधिसभा र क्षेत्र नम्बर २ एमालेको भागमा परेको छ । समानुपातीक तर्फभने दुई पार्टीले आफ्नो आफ्नो चिन्हमा भोट माग्नेछन् ।

सन्तोष गौतमबाट