
बागलुङ, ३ कार्तिक
एमाले र माओवादीको संयुक्त बाम गठबन्धनले प्रतिनिधि तथा प्रदेशसभाको लागि ३२ जिल्लाको सिट बाँडफाँड गरेको छ ।
गठबन्धनले बागलुङमा प्रतिनिधि सभामा १–१ र प्रदेश सभामा २–२ वटा सिट बाँडफाँड गरेको छन् ।
बागलुङ क्षेत्र नम्बर १को प्रतिनिधि सभामा एमाले र क्षेत्र नम्बर १ को प्रदेश (क)मा एमाले र क्षेत्र नम्बर २ को प्रदेश (ख) एमालेको भागमा परेको छ ।
यस्तै माओवादीले बागलुङ क्षेत्र नम्बर २ र प्रदेश सभाको लागि क्षेत्र १ को (ख) र २ को (क) पाउने गठबन्धनले निर्णय गरेको छ ।
यस्तै बाम गठबन्धनले म्याग्दीबाट प्रतिनिधिसभाको लागि एमालेलाई दिने निर्णय गरेको छभने प्रदेश सभाको लागि प्रदेश (क)मा एमाले र (ख)मा माओवादीले पाउने गरी सिट बाँडफाँड गरिएको छ । यस्तै एमालेको पोल्टामा परेको मुस्ताङमा पनि प्रदेशसभाको लागि मुस्ताङको (क) र (ख) दुवै एमालेलाई दिने बाम गठबन्धनले निर्णय गरेको छ ।










