एमाले र माओवादीको भागवण्डा टुंगियो, बागलुङमा १–१ सिट बाँडफाँड (अन्य ठाउँको सूचि सहित)

बागलुङ, ३ कात्तिक ।
नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँट गरेका छन् ।
एमाले र माओवादीले बागलुङमा १–१ सिट बाँडफाँड गरेका छन् । बागलुङ क्षेत्र नम्बर १ मा एमाले र दुईमा माओवादीले टिकट पाउने भएको छन् ।
एमाले र माओवादी राष्ट्रिय जनमोर्चासँग मिल्न गएमा एमालेले बागलुङ क्षेत्र नम्बर १ छोड्न सक्ने स्रोतले बतायो ।
दुई दलको कार्यदलले ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँटफाँड गरेको हो, जसलाई पार्टी एकता संयोजन समितिले टुंगो लगाएको छ । आजै उम्मेदवारहरुलाई मनोनयन दर्ताका लागि पत्र हस्तान्तरण गरिने बताईएको छ ।
दुई दलबीच संविधानसभा २०७० र स्थानीय चुनावका आधारमा निर्वाचन क्षेत्र बाँड्ने सहमति भएको थियो । पहिलो चरणको चुनाव हुने ३२ जिल्लामा एमालेले ५७ र माओवादीले ४३ प्रतिशत सिट पाएका छन् ।
कार्यदलमा सिन्धुपाल्चोक, रामेछाप, धादिङ लगायतको सिट बाँडफाँटमा सकस देखिएको थियो । सिन्धुपाल्चोक १ माओवादीले लिएको छ भने २ एमालेको भागमा परेको छ । गोरखाको दुबै क्षेत्रसँगै रामेछाप माओवादीले लिँदा धादिङको दुबै क्षेत्र एमालेले लिएको छ । नुवाकोट १ माओवादी र २ एमालेको भागमा परेको छ ।
पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रतिनिधिसभाका सिटहरू यसरी बाँडफाँट गरिएको छ ।
एमाले
१. ताप्लेजुङ
२. पाँचथर
३. संखुवासभा
४. ओखलढुंगा
५. खोटाङ
६. दोलखा
७. रसुवा,
८. सिन्धुपाल्चोक–२
९. नुवाकोट–२
१०. धादिङ–१
११. धादिङ–२
१२. मनाङ
१३. मुस्ताङ
१४. म्याग्दी
१५. बागलुङ–१
१६. डोल्पा
१७. मुगु
१८. बझाङ
१९. बाजुरा
२०. बैतडी
२१. दार्चुला

माओवादी
१. भोजपुर
२. सोलुखुम्बु
३. रामेछाप
४. सिन्धुपाल्चोक–१
५. नुवाकोट–१
६. लमजुङ
७. गोरखा–१
८. गोरखा–२
९. बागलुङ–२
१०. रोल्पा
११. रुकुम पूर्व
१२. जुम्ला
१३. कालीकोट
१४. हुम्ला
१५. जाजरकोट
१६. रुकुम पश्चिम