
आज २०७४ साल कार्तिक २ गते बिहिवार
तदअनुसार अक्टोबर १९, २०१७
तपाइको आज
मेष: सोचेको आटेको काममा सफलता मिल्नेछ । आफ्नै प्रयाशले कामहरु सफल हुनेछन । आर्थिक कारोबारमा भने अगाडी नबढ्नुहोला ।
वृष: शुभ समाचार सुन्न पाइनेछ । ठुला व्यक्तिको भरोसा जित्न सकिनेछ । मन खुसि हुनेछ । बिनाकारण विवाद बढ्ने योग रहेको छ ।
मिथुन: आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । घरायसी काममा भने झमेला आउनेछ ।
कर्कट: धार्मिक काममा रुची बढ्नेछ । काममा धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन । काममा सुधार आउनेछ । भाग्यले साथ दिनेछ ।
सिंह: स्वास्थ्यमा समस्या आउने देखिन्छ । ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । लामो समयदेखी रोकिएका अधुरा कामहरु सुचारु हुनेछन ।
कन्या: बौद्धिक काममा सफलता मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । सन्तान सुख मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।
तुला: मनग्य धन कमाउने अवसर मिल्नेछ । कुरा काट्नेहरु प्रसंसा गर्नेछन । नयाँ काममा हात हाल्ने अवसर मिल्नेछ । मन खुसि रहनेछ ।
वृश्चिक: अध्ययन अध्यापनमा प्रगति हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । साझेदारी काममा विवाद बढ्ने देखिन्छ ।
धनु: कुरा काट्नेहरु प्रसंसा गर्न थाल्नेछन । काम गर्ने उत्साह र हौसला बढ्नेछ । धार्मिक र सामाजिक काममा रुची बढ्नेछ ।
मकर: सहि समयमा सहि निर्णय लिन सक्ने क्षमताले धेरै काममा सफलता मिल्नेछ । पढाईको लागि विदेश जाने मौका मिल्नेछ ।
कुम्भ: शत्रुहरु पराजित हुनेछन । स्वास्थ्यमा सुधार आउनेछ । काममा आफ्नो लक्ष प्राप्त गर्न सकिनेछ । लेनदेनमा भने विवाद बढ्न सक्छ ।
मीन: घरायसी काममा रुची बढ्नेछ । साथीभाईको सहयोग मिल्नेछ । काममा सुधार आउनेछ । अरुको काममा समय बित्नेछ तर जस मिल्नेछैन ।
हाम्रो पात्रो अनलाईनबाट साभार ।










