बागलुङ बजारमा करेन्ट लाग्दा २ जना घाइते

बागलुङ, ०१ कात्तिक ।
बागलुङ बजारमा करेन्ट लागेर २ जना घाइते भएका छन । दिपावलीको लागि बत्ति जोड्नेक्रममा करेन्ट लाग्दा बानपा २ का अदालत रोडका ३५ वर्षिय शिशिर पन्त र २३ वर्षिय कमल कंडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख चन्द्र कुवेर खापुङले जानकारी दिनुभएको छ । घरमा दिपावलि रंगिन बत्ति जदान गर्नेक्रममा हाइटेन्सन विद्युतिय लाइनमा छोइन पुगेकोले करेन्ट लागेको एसपि खापुङले बताउनुभयो ।
घाइतेहरुको धौलागिरी अंचल अस्पतालमा उपचार भईरहेको छ । २३ वर्षिय कंडेल गम्भिर रहेकाले उनलाई पोखरा अञ्चल अस्पतालमा सामान्य उपचार पछि पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।