
बागलुङ, २३ असोज
आगमी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि बागलुङमा क्रियाशिल राजनीतिक दलहरुले आ–आफ्ना दलका तर्फबाट उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाएका छन ।
नेपाली काग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा आवश्यक ६ सिटका लागि प्रत्येक्ष तर्फ ४८ जना नेकपा एमालले १० जना र माओवादी केन्द्रले १८ जनाको नाम केन्द्रीय कमिटीमा पठाएका हुन ।
नेपाली काग्रेसले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट किरणराज शर्मा पौडेल, चम्पादेवी खड्का, जगदीशचन्द्र उपाध्याय, टंकप्रसाद शर्मा कँडेल, मणिभद्र शर्मा कँडेल, दीपेन्द्रबहादुर थापा प्रकाश पौडेल, पूर्णबहादुर पौडेल क्षेत्री, रत्ना शेरचनको नाम सिफारिस भएको छ ।
समानुपातिकतर्फ कृष्णप्रसाद शर्मा न्युरे, खगेश्वरी शर्मा, गीतादेवी रेग्मी, गोविन्दप्रसाद कँडेल, शेरबहादुर विक र रत्ना शेरचनको नाम सिफारिस गरिएको नेपाली कांग्रेस जिल्ला सचिव नवराज पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. १ (क) मा गंगाप्रसाद कँडेल, चिरञ्जीवी गौतम, महेन्द्रप्रसाद कँडेल, वसन्तकुमार श्रेष्ठ, विष्णु पौडेल र हरिबहादुर भण्डारी रहनुभएको छ । समानुपातिकतर्फ अमरबहादुर कार्की, कोपिला बोहरा, कृष्णशंकर श्रेष्ठ, चित्रबहादुर कार्की, ज्ञानकुमारी श्रीस शर्मालगायतको नाम सिफारिस भएको छ ।
क्षेत्र नं. १ (ख) बाट किरणराज शर्मा पौडेल, कृष्णप्रसाद शर्मा, गणेश सापकेटा, दुर्गादत्त शर्मा आचार्य, डिल्लीराम सुवेदी, प्रत्यक्षमा र समानुपातिकमा ओमकार थापा, कल्पना हमाल पाठक, कौशिला विक, धर्मबहादुर क्षेत्री, नारायण पौडेल, पदमबहादुर केसी, भिमबहादुर श्रीस, विष्णु बस्नेत खत्री, सागर परियार, हरिहर शर्मा सिफारिसमा पर्नुभएको छ ।
त्यस्तै प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नं. २ बाट टेकराज पौडेल, धीरप्रसाद सिंह, ध्रुवराज गौतम, नरबहादुर पुुन निरज, रामप्रसाद आचार्य, सिंहबहादुर राना, ज्ञानकुमारी छन्त्याल सिफारिसमा पर्नुभएको छ । प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ ऋषिराम कँडेल, गणेश शेरचन, डिलेन्द्रप्रसाद राम्जाली, देवीप्रसाद भट्टचन, सोमबहादुर पौवी रहनुभएको छ ।
प्रदेश सभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नं. २ (क) बाट उमेश गौतम, कृष्णबहादुर केसी, धनश्याम गौतम, डिलाराम सुवेदी शर्मा, फमबहादुर खत्री, मञ्जु चालिसे शर्मा, मञ्जेश बम मल्ल, मुकुन्द भण्डारी, लालप्रसाद घर्ति प्रत्यक्षमा र गण्डकी थापा अधिकारी, पदमबहादुर थापा, यामबहादुर श्रीस, यामेन्द्रकुमार घर्ती, शर्मिला शर्मा खरेल, हरिबहादुर घर्ती समानुपातिकमा सिफारिस हुनुभएको छ ।
क्षेत्र नं. २ (ख) बाट प्रत्यक्षमा जितबहादुर शेरचन, टेकराज पौडेल, द्रोणकुमार कुँवर, सागर छन्त्यालको नाम सिफारिस भएको छ । समानुपातिकतर्फबाट अर्जुन शेरचन, तुलासिंह घर्ती मगर, दीपेन्द्र श्रेष्ठ, नरमति पुन, मेषलाल शर्मा र रेशम नेपालीको नाम सिफारिस गरिएको छ ।
उता, नेकपा एमालले बागलुङले क्षेत्र नम्बर १ को प्रदेश नं. १ र २ बाट इन्द्रलाल सापकोटा, हिरा बहादुर केसी, श्रीप्रसाद शर्मा र सुर्य पाठकलाई प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि सिफारिस गर्ने निर्णय गरेको सचिव लालबहादुर थापाले जानकारी दिनुभयो ।
जिल्लामा कुन उम्मेदवारलाई प्रदेश तथा प्रतिनिधि सभामा उम्मेदवारी बनाउने भन्ने निर्णय हुन नसकेपछि केन्द्रले नै उम्मेदवार टुङ्गयाउने गरि पठाएको सचिव थापाले बताउनुभएको छ । त्यस्तै एमालेले क्षेत्र नम्बर (२) बाट मोहनलाल शर्मालाई सर्वसम्मत प्रतिनिधि सभामा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ मा पनि सर्वसम्मत हुन नसकेपछि चार जनाको नाम केन्द्रमा पठाउने निर्णय गरेको छ । प्रदेश नम्बर ३ बाट प्रेम खरेल, याम बहादुर श्रीस, तिर्थमणि भुषाल र रत्ना भण्डारीको नाम पठाउने निर्णय गरेको नेकपा एमाले बागलुङले जनाएको छ । यस्तै बागलुङको प्रदेश नम्बर ४ बाट ददिराम अर्याल शर्मालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमाले बागलुङका सचिव थापाले जानकारी दिनुभयो ।
नेकपा एमालेलेले प्रतिनिधिसभाको लागि समानुपातिक तर्फ मनकुमारी के.सी., तिल बहादुर विश्वकर्मा, सुनिल शेरचन, ममतादेवी शर्मा, लालबहादुर थापा, हरिनारायण गौतम र अशोक शेरचनको नाम सिफारिस गरेको छ ।
प्रदेशसभाको लागि समानुपातिक तर्फभने २२ जनाको नाम सिफारिस गरेको छ । प्रदेशसभाको समानुपातिकको लागि गोविन्द बहादुर नेपाली, गीता शर्मा, टेकबहादुर के.सी., लिला शेरचन, शान्तिकुमारी जिसी, सावित्रा राना, धनबहादुर परियार, कुलबहादुर राना, हुमाकुमारी जिसी, मोहमद हुसेन, विनाकुमारी थापा, गंगाकुमारी शर्मा, संदिप थापा, रामकृष्ण शर्मा, फरेन्द्र थापा, डिलबहादुर कार्की, हरिप्रसाद शर्मा, कुमार खड्का, रामप्रसाद शर्मा, दिपक माझी, सुभास राजभण्डारी, पद्यचन्द्र राजभण्डारीलाई सिफारिस गरेको एमाले बागलुङका सचिव थापाले जानकारी दिए ।
उता, नेकपा माओवादी केन्द्रले पनि निर्वाचनको लागि उमेदवार टुङ्गगो लगाएको छ । माओवादी केन्द्र बागलुङका सह–इन्चार्ज चन्द्रबहादुर बढाका अनुसार दुई प्रतिनिधिसभा सदस्यका लागि ६ जना र चार प्रदेशसभाको लागि १२ जनाको नाम सिफासिर गरिएको छ । यद्यपी माओवादी केन्द्रले सिफासिर उमेदवारको नाम भने सार्वजनिक गरेको छैन ।
त्यसैगरी राष्ट्रिय जनमोर्चा बागलुङले क्षेत्र नम्बर १ मा अमर थापाको नाम टुङ्गो लगाए पनि क्षेत्र नम्बर २ र प्रदेशसभा उमेदवारको विषयमा छलफल जारी रहेको राजमो अध्यक्ष अमर थापाले जानकारी दिनुभयो । जनमोर्चाले समानुपातिकमा भने टुंगो लगाएको छ । समानुपातिक तर्फ नर बहादुर पुन, नारायण सापकोटा, वेदिलाल सापकोटा, मेक बहादुर पाइजा, भिमलाल पोखरेल, हिरा बहादुर थापा, धन बहादुर अदै, डिल बहादुर श्रीस, तिर्थसिङ थापा, घनश्इाम वि.क., पन बहादुर वि.क., रन बहादुर रिजाल, लाल बहादुर राना, विष्णु बस्नेत, ठाकुर शर्मा, हिरा बहादुर पुन, डोर बहादुर क्षेत्री, खड्क वि.क., पुनिकला बुढा, कोपिला थापा, गिता थापा र होम बहादुर पुनको नाम सिफारिस गरेको जनमोर्चा बागलुङले जनाएको छ ।
यस्तै नयाँ शक्ति पार्टी नेपाल बागलुङले पनि आफ्ना उम्मेदवारहरुको नामावली केन्द्रमा पठाएको छ । नयाँ शक्ति पार्टी नेपाल अन्तरिम जिल्ला समन्वय परिषद बागलुङले बागलुङ क्षेत्र नम्बर १ मा कृष्णप्रसाद शर्मालाई उम्मेदवारी बनाउने घोषणा गरेको जिल्ला संयोजक चित्र सापकोटाले जानकारी दिनुभयो । यस्तै समानुपातिकमा अर्जुन खत्री, रेवति थापा र सुशिल थापा मगरको नाम सिफारिस गरेको छ ।
नयाँ शक्तिले क्षेत्र नम्बर १ को प्रदेशतर्फको प्रत्यक्ष (क)मा कृष्ण थापा र समानुपातिकमा विक्रम रुचालको नाम सिफारिस गरेको छ । यस्तै प्रदेश (ख) तर्फ प्रत्यक्षमा चित्र प्रसाद सापकोटा र समानुपातिकमा तारादेवी शर्मा र युनिष मियाँको नाम सिफारिस गरेको छ ।
यस्तै नयाँ शक्ति पार्टी नेपाल बागलुङले बागलुङ क्षेत्र नम्बर २ मा बमबहादुर गुरुङलाई उम्मेदवारी बनाउने घोषणा गरेको छ । समानुपातिकमा पुनम श्रीस र गोपाल विश्वकर्माको नाम केन्द्रमा सिफारिस गरेको नयाँ शक्ति पार्टी नेपाल बागलुङले जनायो । यस्तै क्षेत्र २ को प्रदेश (क)मा प्रत्यक्ष तर्फ टेकलाल श्रीस, समानुपातिक तर्फ मिन बहादुर रोका र प्रदेश (ख)मा प्रत्यक्ष तर्फ टेक बहादुर कुँवर र समानुपातिक तर्फ कुशल बुढा मगर र सुर्यप्रसाद शर्माको नाम केन्द्रमा सिफारिस गरेको जनाएको छ ।
जिल्लामा क्रियाशिल अन्य साना राजनीतिक दलहरु पनि आ–आफ्ना उमेदवारको नाम सिफासिरमा केन्द्रीत रहेका छन ।










