
बागलुङ, २२ असोज
नयाँ शक्ति पार्टी नेपाल बागलुङले पनि मंसिर १० र २१ गते हुने प्रतिनिधि तथा पद्रेश सभाको निर्वाचनको लागि आफ्ना उम्मेदवारहरुको नामावली केन्द्रमा पठाएको छ । नयाँ शक्ति पार्टी नेपाल अन्तरिम जिल्ला समन्वय परिषद बागलुङले बागलुङ क्षेत्र नम्बर १ मा कृष्णप्रसाद शर्मालाई उम्मेदवारी बनाउने घोषणा गरेको जिल्ला संयोजक चित्र सापकोटाले जानकारी दिनुभयो । यस्तै समानुपातिकमा अर्जुन खत्री, रेवति थापा र सुशिल थापा मगरको नाम सिफारिस गरेको छ ।
नयाँ शक्तिले क्षेत्र नम्बर १ को प्रदेशतर्फको प्रत्यक्ष (क)मा कृष्ण थापा र समानुपातिकमा विक्रम रुचालको नाम सिफारिस गरेको छ । यस्तै प्रदेश (ख) तर्फ प्रत्यक्षमा चित्र प्रसाद सापकोटा र समानुपातिकमा तारादेवी शर्मा र युनिष मियाँको नाम सिफारिस गरेको छ ।
यस्तै नयाँ शक्ति पार्टी नेपाल बागलुङले बागलुङ क्षेत्र नम्बर २ मा बमबहादुर गुरुङलाई उम्मेदवारी बनाउने घोषणा गरेको छ । समानुपातिकमा पुनम श्रीस र गोपाल विश्वकर्माको नाम केन्द्रमा सिफारिस गरेको नयाँ शक्ति पार्टी नेपाल बागलुङले जनायो । यस्तै क्षेत्र २ को प्रदेश (क)मा प्रत्यक्ष तर्फ टेकलाल श्रीस, समानुपातिक तर्फ मिन बहादुर रोका र प्रदेश (ख)मा प्रत्यक्ष तर्फ टेक बहादुर कुँवर र समानुपातिक तर्फ कुशल बुढा मगर र सुर्यप्रसाद शर्माको नाम केन्द्रमा सिफारिस गरेको जनाएको छ ।










