आज २०७४ असोज २२ गते आइतवारको राशिफल

आज २०७४ साल असोज २२ गते आइतवार,
तदअनुसार अक्टोबर ८, २०१७

तपाइको आज
मेष: प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ हुनेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।
वृष: प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन । परिस्थितिले अरूको हातमा गइसकेको धनसमेत जोगाइदिनेछ । धन मनग्य कमाउने अवसर मिल्नेछ ।
मिथुन: प्रतिष्ठित काम गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ ।
कर्कट: महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । परिवारको सहयोगबाट लाभ उठाउन सकिनेछ । ब्यापार ब्यबसायबाट फाइदा हुनेछ ।
सिंह: शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रयासहरु सकारात्मक रहनेछन । ब्यापार ब्यबसायबाट प्रशस्त धन आर्जन गर्ने मौका छ।
कन्या: विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ। प्रयास गर्दा भाग्यले साथ दिनेछ ।
तुला: शत्रुहरु पराजित हुनेछन । व्यापार ब्यबसायबाट सामान्य फाइदाको योग रहेकोछ । अधिकारका लागि केही संघर्ष गर्नुपर्ने देखिन्छ ।
वृश्चिक: धैर्यले काम लिनुपर्नेछ । पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।
धनु: घरेलु काममा भने केहि समस्या आउने देखिन्छ । परिवारको साथ मिल्नेछ भने काममा सफलता पनि मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग रहेकोछ ।
मकर: सहयोगीहरूले साथ दिनेछन भने रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।
कुम्भ: रमाइलो यात्राको अवसर मिल्नेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ । आस मारेको काम बन्नाले उत्साहत जाग्नेछ ।
मीन: बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन र मानसम्मान समेत पाइनेछ ।