यी हुन कांग्रेस बागलुङले केन्द्रमा पठाएको प्रतिनिधि तथा प्रदेशसभाका उम्मेदवारहरु

बाग्लुङ, २१ असोज |
कांग्रेस बागलुङले प्रदेश र संघका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । सोमबार र मंगलबार बसेको नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठकले उम्मेदवारको नामावली टुंगो लगाएको हो ।
प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट किरणराज शर्मा पौडेल, चम्पादेवी खड्का, जगदीशचन्द्र उपाध्याय, टंकप्रसाद शर्मा कँडेल, मणिभद्र शर्मा क“डेल, दीपेन्द्रबहादुर थापालगायतको नाम सिफारिस भएको छ ।
समानुपातिकतर्फ कृष्णप्रसाद शर्मा न्युरे, खगेश्वरी शर्मा, गीतादेवी रेग्मी, गोविन्दप्रसाद कँडेल, शेरबहादुर विक र रत्ना शेरचनको नाम सिफारिस गरिएको नेपाली कांग्रेस जिल्ला सचिव नवराज पौडेलले बताए ।
त्यस्तै प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. १ (क) मा गंगाप्रसाद कँडेल, चिरञ्जीवी गौतम, महेन्द्रप्रसाद कँडेल, वसन्तकुमार श्रेष्ठलगायत छन् । समानुपातिकतर्फ अमरबहादुर कार्की, कोपिला बोहरा, कृष्णशंकर श्रेष्ठ, चित्रबहादुर कार्की, ज्ञानकुमारी श्रीस शर्मालगायतको नाम सिफारिस भएको छ ।
क्षेत्र नं. १ (ख) बाट किरणराज शर्मा पौडेल, कृष्णप्रसाद शर्मा, गणेश सापकेटा, दुर्गादत्त शर्मा आचार्य, डिल्लीराम सुवेदी, प्रत्यक्षमा र समानुपातिकमा ओमकार थापा, कल्पना हमाल पाठक, कौशिला विक, धर्मबहादुर क्षेत्री, नारायण पौडेललगायत सिफारिसमा परेका छन् ।
त्यस्तै प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नं. २ बाट टेकराज पौडेल, धीरप्रसाद सिंह, ध्रुवराज गौतम, नरबहादुर पुुन निरज, रामप्रसाद आचार्यलगायत सिफारिसमा परेका छन् । प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ ऋषिराम क“डेल, गणेश शेरचन, डिलेन्द्रप्रसाद राम्जाली, देवीप्रसाद भट्टचन, सोमबहादुर पौवी सिफारिसमा परे ।
प्रदेश सभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नं. २ (क) बाट उमेश गौतम, कृष्णबहादुर केसी, धनश्याम गौतम, डिलाराम सुवेदी शर्मा, फमबहादुर खत्री, मञ्जु चालिसे शर्मालगायत प्रत्यक्षमा र गण्डकी थापा अधिकारी, पदमबहादुर थापा, यामबहादुर श्रीस, यामेन्द्रकुमार घर्तीलगायत समानुपातिकमा सिफारिस भए ।
क्षेत्र नं. २ (ख) बाट प्रत्यक्षमा जितबहादुर शेरचन, टेकराज पौडेल, द्रोणकुमार कु“वर, सागर छन्त्यालको नाम सिफारिस भएको छ । समानुपातिकतर्फबाट अर्जुन शेरचन, तुलासिंह घर्ती मगर, दीपेन्द्र श्रेष्ठ, नरमति पुन, मेषलाल शर्मा र रेशम नेपालीको नाम सिफारिस गरिएको छ ।