प्रतिनिधि र प्रदेशसभाको चुनावमा बागलुङका १ लाख ६७ हजार मतदाता (निर्वाचन क्षेत्रगत विवरणसहित)

बागलुङ, २० असोज
मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा बागलुङका १ लाख ६७ हजार २ सय ८२ जनाले मतदान गर्न पाउने भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय बागलुङको अनुसार बागलुङ क्षेत्र नम्बर १ मा महिला ४५ हजार ८ सय ४३ र पुरुष ४० हजार ९ सय १३ जना गरी ८६ हजार ७ सय ५६ जना मतदाता रहेको जनाएको छ । यस्तै क्षेत्र नम्बर २ मा महिला ४१ हजार ५ सय ६० र पुरुष ३८ हजार ९ सय ६६ जनागरी जम्मा ८० हजार ५ सय २६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामकुमार थापाले जानकारी दिनुभयो ।
बागलुङमा प्रतिनिधि सभाको लागि २ निर्वाचन क्षेत्र र प्रदेश सभाको लागि २ निर्वाचन क्षेत्रमा २–२ क्षेत्र रहेका छन् ।
१० स्थानिय तह रहेको बागलुङ जिल्लाको क्षेत्र नम्बर १ अन्तरगत बरेङ गाउँपालिका, जैमिनी नगरपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका रहेका छन्भने निर्वाचन क्षेत्र नम्बर २ अन्तरगत गल्कोट नगरपालिका, ताराखोला गाउँपालिका, वडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका रहेका छन् ।
यस्तै प्रदेश सभाको निर्वाचन क्षेत्रमा रहेका स्थानिय तहहरु अन्तरगत निर्वाचन क्षेत्र १ अन्तरगतेको प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा बागलुङ नगरपालिका वडा नम्बर १,२,३,४,५,६,७,८,९,१० र ११ र काठेखोला गाउँपालिका रहेका छन् । उक्त क्षेत्रमा महिला २४ हजार २ सय ३२ र पुरुष २१ हजार १ सय ९७ गरी जम्मा ४५ हजार ४ सय २९ मतदाता रहेका छन् । यस्तै निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र नम्बर २ अन्तरगत रहेका बागलुङ नगरपालिका वडा नम्बर १२, १३, १४ र जैमिनी नगरपालिका तथा वरेङ नगरपालिकामा महिला २१ हजार ६ सय ११, पुरुष १९ हजार ७ सय १६ गरी जम्मा ४१ हजार ३ सय २७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।
यस्तै निर्वाचन क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा रहेका गल्कोट नगरपालिका, ताराखोला गाउँपालिका र वडिगाड गाउँमापालिकामा महिला २४ हजार ६ सय २५ र पुरुष २२ हजार ६ सय ६१ जना गरी जम्मा ४७ हजार २ सय ८६ मतदाता रहेको निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी थापाले बताउनुभयो । यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तरगत रहेका तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा महिला १६ हजार ९ सय ३५ र पुरुष १६ हजार ३०५ जना गरी जम्मा ३३ हजार २ सय ४० जना मतदाता रहेका छन् ।
हेर्नुहोस् जिल्ला निर्वाचन कार्यालय बागलुङले प्रकाशित गरेको मतदाता विवरण

मतदाता नामावलीमा आफ्नो नाम छ की छैन भन्ने जान्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://election.gov.np/election/np/bbvrs